×

NMB BANK
NIC ASIA

गुप्तचर अधिकारीहरु नेपालमा सक्रिय रहेको भारतीय मिडियाको दाबी

असार २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपाको स्थायी कमिटीको महत्त्वपूर्ण बैठकअघि भारतका पक्षमा समर्थन बढाउनका लागि भारतीय गुप्तचर अधिकारीहरू काठमाडौंमा डेरा जमाएरै बसेको भारतबाट प्रकाशन हुने द पायोनीयर नामक अन्लाइन पत्रिकाले खबर दिएको छ । 

Muktinath Bank

राकेश के सिंहको बाइलाइनमा प्रकाशित खबरअनुसार, जासूसी संस्था रअका प्रमुख सामन्त कुमार गोयल र इन्टेलिजेन्स ब्यूरोका प्रमुख अरविन्द कुमारले विभिन्न दलका नेताहरूसँगको भेटघाट तीव्र बनाएका छन् । चिनियाँ राजदूतले नेकपा नेताहरूलाई भेटिरहेको बेलामा भारतीय गुप्तचर अधिकारीहरू पनि सक्रिय बनेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोयल र कुमारले नेपाली नेताहरूलाई भेटेर क्षति नियन्त्रणको काम गरिरहेका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेर नेपालले नक्सा जारी गर्दै त्यसलाई संवैधानिक मान्यता दिएपछि भारतीय गुप्तचर अधिकारीहरू सक्रिय बनेका हुन् । उनीहरूलाई भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले सीधै निगरानी गरिरहेको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

भारतीय अधिकारीहरूले पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, केशव बडाल लगायतका नेताहरूलाई भेटिसकेका छन् । उनीहरूले ओली निकटका नेता शंकर पोखरेल र ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई पनि भेटिसकेको बताइएको छ । 

Vianet communication
Laxmi Bank

विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साथै डा मिनेन्द्र रिजाल, विमलेन्द्र निधि र कृष्ण सिटौलालाई पनि भारतीय जासूसी निकायका शीर्ष अधिकारीहरूले भेटेको स्रोतले जानकारी दिएको छ । 
 

मधेशवादी दलका नेता महन्थ ठाकुर, उपेन्द्र यादवका साथै डा बाबुराम भट्टराईसँग पनि उनीहरूले भेटघाट गरेको बताइएको छ ।  

भारतको नेपालसँग गहिरो सभ्यतागत तथा सांस्कृतिक सम्बन्ध छ तर नेपाली नक्साको संशोधनले दुई देशबीचको सम्बन्धमा खलल पुर्‍याउने खतरा रहेको भारतको बुझाइ छ । विश्वासको क्षयीकरणलाई रोक्न अनि सम्बन्धलाई पुनः सही दिशामा ल्याउन नयाँ दिल्लीले उच्चस्तरीय संवाद जारी राखेको स्रोतको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x