कोलम्बियामा तेल बोकेको ट्यांकर विस्फोट हुँदा ११ जनाको मृत्यु

कोलम्बियाको एक राजमार्गमा तेल बोकेको ट्यांकर विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । तेल चोर्न खोज्दा घटना भएको भिडियो फूटेजबाट पत्ता लागेको छ । 

घटना सोमवार बिहान माग्दालेनामा भएको हो । म्यानुएल कातानोले हाँकिरहेको ट्यांकर ट्रक अचानक सडकमा जनावर आएपछि पल्टिएको थियो । ट्यांकरमा ५ हजार ग्यालन तेल थियो । ट्यांकर पल्टिएर घाँसे मैदानमा पुगेको थियो । 
 


Advertisement

कातानोले कोलम्बियन पत्रिका नोटिसियास आरसीएनले आफू कुनै पनि सहायता विना नै गाडीको क्याबिनबाट निस्कन सफल भएको बताए । त्यसपछि मोटरसाइकलमा आएका एक पुरुषले उनको हालत सोधेका थिए । 

ट्यांकर पल्टिएको केही मिनेटभित्रै नजिकैको शहर तासाजेराका निवासीहरू कन्टेनर लिएर ट्यांकबाट तेल निकाल्न आइपुगे । कातानो चाहिँ प्रहरी आउने प्रतीक्षा गरिरहे । 


Advertisement

‘मैले उनीहरूलाई भनें यो अतिप्रज्वलनशील तेल हो,’ कातानोले भने । शुरूमा त भीड उनलाई सहायता गर्न आएको जस्तो लाग्यो ।

तर भीडले उनलाई चिच्याउँदै चुप लाग्न भन्यो र तेल निकाल्नका लागि भल्भमा ठोक्न थाल्यो । 
 

कातानोले घटनास्थलमा पुगेका प्रहरी अधिकारीलाई भेटे तर भीडले उनीहरूलाई केही गर्नै दिएन ।

प्रहरीका अनुसार, घटनास्थलमा १२० मानिस थिए । 

आफू ट्रकबाट पर जाँदा विस्फोट भएको र त्यसको असर अनुभव गरेको कातानोले बताए । 

भिडियो फूटेजमा अनेकौं व्यक्तिहरूको शरीरमा आगो लागेको र उनीहरू यताउता दौडिएको देखिन्छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्