भोलिदेखि ४ दिन यो वर्षकै सबैभन्दा बढी पानी पर्ने, सतर्क रहन अपिल

फाइल फोटो

असार २५ देखि ४ दिन यो वर्षकै सबैभन्दा धेरै पानी पर्ने सम्भावना रहेको भन्दै सतर्क रहन सरकारले आग्रह गरेको छ ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार एक विज्ञप्ति प्रकाशित गरी असार २५ देखि २८ गतेसम्म प्रदेश १, प्रदेश २ बाग्मती र गण्डकी प्रदेशमा यस वर्षकै सबैभन्दा धेरै पानी पर्ने जनाएको हो । 


Advertisement

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलद्वारा जारी विज्ञप्तिमा पहाडी क्षेत्रका साना खोलामा समेत बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।  

हेर्नुहोस्, विज्ञप्ति :


Advertisement


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्