×

NMB BANK
NIC ASIA

तीन महिनादेखि बन्द मुम्बईका होटल खुले, तर यस्ता शर्त

असार २४, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

भारतकाे मुम्बइमा रहेका होटल क्षमताको ३३ प्रतिशत सञ्चालन गर्न पाउने गरी बुधबारदेखि खुला गरिएको छ। ती होटलका अरु ६७ प्रतिशत क्षमताका कोठा भने कोरोना भाइरसका संक्रमितहरुलाई राख्ने क्वारेन्टाइनको प्रयोजनका लागि सरकारलाई नै प्रयोग गर्न दिइने बताइएको छ । 

Muktinath Bank

तीन महिनाभन्दा लामो समयदेखि बन्द रहेका यहाँका होटलहरु बुधबारदेखि भने खुलेको मुम्बइबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सो समाचारअनुसार ती होटलहरुले भने कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सक्दो मात्रामा सतर्कता अपनाएको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि महाराष्ट्र सरकारले यहाँका होटलहरु सञ्चालन गर्न दिएको थिएन । महाराष्ट्र भारतमा सबैभन्दा बढी मात्रामा कोरोना भाइरसको संक्रमण हुने राज्यका रुपमा पर्दछ । होटलको क्षमता अनुसारका पाहुना राख्न र सेवा गर्न पनि पाइने छैन । ती होटलहरु खुल्नु अगाडि पनि राम्रो सँग सफा गर्ने र स्यानिटाइजर प्रयोग गरेर संक्रमण हुन नदिने अवस्थामा ल्याइएको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

एउटै होटलमा कतै पाहुनालाई सेवा दिने र कतै क्वारेन्टाइन बनाइ राख्ने गर्दा झनै संक्रमणको खतरा हुने भएकोले यी दुई क्षेत्रलाई अलग अलग गरेर राखिएको बताइएको छ । मुम्बई भारतको आर्थिक राजधानीका रुपमा पनि चिनिन्छ । यहाँ पर्यटन व्यवसायका ठूला संरचनाहरु रहेका बताइन्छ । 

Vianet communication
Laxmi Bank

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा मात्र दुई लाख १७ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भएको देखिएको छ । ती मध्ये १ लाखभन्दा बढी व्यक्ति निको भएर घर फर्किएका छन् भने करिब ९० हजार अझै पनि संक्रमित रहेका छन् । यो राज्यमा मात्र कोरोनाको संक्रमणबाट ९ हजार २५० जनाको ज्यान गएको सरकारले जानकारी दिएको छ -एएनआई

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x