कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
असार २४, २०७७
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी दिएकाे छ।
नेपाल आयल निगम लिमिटेडका महाप्रबन्धकलाई ७ बुँदे ज्ञापनपत्र बुझाउँदै नेविसंघले बजारमा व्याप्त चरम मुल्यवृद्धि नियन्त्रण गर्नुको सट्टा महामारीको चपेटामा रहेका जनतालाई करको बोझ बोकाउने, कर तथा विभिन्न महसुल थोपर्ने र आमनागरीकको जीवनयापन सहज बनाउने कर्तव्यबाट च्यूत र विमुख बन्दै गएको सरकारको जन विरोधी कृयाकलापको पछिल्लो कडिको रुपमा पेट्रोलियम पदार्थमा मुल्यवृद्धि भएको बताएकाे हाे। ज्ञापनपत्र बुझाउन नेविसंघका अध्यक्ष राजिव ढुंगानासहितका विद्यार्थी नेता निगम पुगेका थिए।
नेविसंघले लकडाउनले आमउपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थको मुल्यवृद्धि आफैमा अमानवीय कार्य रहेकाे भन्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न माग गरेकाे छ भने नाफा संचित गरी मूल्यवृद्धि उपभोत्ताको थाप्लोमा हाल्ने प्रवृत्ति भनेकाे छ।
यी हुन् ७ माग
१. लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थको मुल्यवृद्धि आफैमा अमानवीय कार्य हो। मूल्यवृद्धि तुरुन्त खारेज गरियोस्।
२ लकडाउनको ३ महिनको अवधिमा मात्र रु. ३ अर्ब नाफा गरेको आयल निगमले अन्तराष्ट्रिय बजारमा पेट्रोलको मुल्य थोरै बढ्ने वित्तिकै ५ रुपैयाँ बढाउनु पुर्णतः गलत हो । नाफा संचित गरी मूल्यवृद्धि उपभोत्ताको थाप्लोमा हाल्ने प्रवृत्ति बन्द गरियोस्।
३. रु. ३८ मा किनिएको पेट्रोलमा रु ६३ कर केवल जनता चुस्ने नियत मात्र हो। के दैनिक उपभोग्य वस्तुमा यतिविघ्न कर लगाउनु न्यायोचित छ ? पेट्रोलियम पदार्थमा विभिन्न शिर्षकमा असुल्दै आएको कर तत्काल खारेज गरियोस्।
४. निगमद्वारा हाल लगाइएको भन्सार शुल्क, सडक मर्मत सम्भार कर, पूर्वाधार विकास कर, प्रदुषण शुल्क, मुल्य स्थिरीकरण कोष, मूल्य अभिवृद्धि कर, संस्थागत आयकर लगायत बिभिन्न शिर्षकमा उठाइएको रकमको औचित्यता, पारदर्शिता पुष्टि गरियोस । खर्च हुन नसकेका अनुचित शीर्षकमा थप रकम जम्मा गर्दै नागरिकमा थप व्ययभार लगाउने काम बन्द गरियोस्।
५.स्वचालित मूल्य प्रणाली पूणतयाः पालना गरियोस्।
६.मूल्य स्थिरीकरण कोषको सदूपयोग गरी महामारीको समयमा उपभोक्तालाई सहुलीयत दिने व्यवस्था गरियोस्।
७. निगममा व्यवस्थापकिय सुधार, कालोबजारी नियन्त्रण गर्दै अनावश्यक खर्च कटौती गरियोस र मुल्य वृद्धि नियन्त्रण गरियोस्।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...