सिन्धुपाल्चोकमा पहिरोको बितण्डा : दर्जनभन्दा बढी घर पुरिएको आशंका, मानिसहरू पनि बेपत्ता

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

तस्वीर सौजन्य : काभ्रे हेडलाइन डटकम

सिन्धुपाल्चोकको दुई ठाउँमा आएको भीषण वर्षापछि आएको बाढी र पहिराेका कारण बस्ती पुरिएको छ ।

बाह्रविसेकाे जम्बु भन्ने ठाउँ र भाेटेकाेसी गाँउपालिकाकाे बन्जी जम्प गर्ने ठाउँमा पहिराे गएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्वल मर्हजनले लोकान्तरलाई जानाकारी दिए ।


Advertisement

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाको बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँ बाढी पस्दा गाती बजारमा पहिरो गएको हो । 

भोटेकोशी नदीको बाढीले घरहरू बगाएको र केही मानिस पनि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनायो ।


Advertisement

उनले भने, ‘बाह्रबिसेको जम्बु भन्ने ठाउँमा बाढी र पहिरो जाँदा बजार नै बगाएको छ । उद्दारका लागि प्रहरी टोली त्यहाँ पुग्दैछ ।

भोटेकोशी नदीको बाढीले एक दर्जनभन्दा बढी घर बगाएको छ भने केही स्थानीयहरू समेत बेपत्ता भएका छन् । 

बाढीले अरनिको राजमार्ग समेत बगाएको छ ।  

 

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्