सिन्धुपाल्चोकमा पहिरोको बितण्डा : १५ घर बगायो, २ जनाको शव फेला, १८ जना बेपत्ता

तस्वीर सौजन्य : विष्णु क्षेत्रीको फेसबूक

सिन्धुपाल्चोकको बाह्रविसेमा आएको बाढीका कारण १५ घर बगाएको छ भने करिब १८ जना बेपत्ता भएका छन् । 

गएराति आएको बाढीका कारण बस्ती बगाएको र हालसम्म २ जनाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेले लोकान्तरलाई जानकारी दिए । 


Advertisement

काफ्लेका अनुसार, बाढी गएराति १ बजेको समयमा आएको हो । बाढी आएको केही समयपछि प्रहरीलाई खबर आएपनि ठाउँठाउँमा पहिरो गएका कारण प्रहरी घटनास्थलमा जान सकेको छैन । 

उनले भने, प्रहरीको टोली गएको बाटो अवरुद्ध भएपछि फर्किएर आयो । अहिले जम्बु पुग्नका लागि हामीलाई ८, १० मिनेट लाग्न सक्छ । हामी जाँदै छौं । 


Advertisement

उनका अनुसार बाह्रबिसेको इलाका प्रहरी कार्यालय बाह्रबिसेको नजिकैको पुल पनि बाढीले बगाएको छ । यस्तै १ वटा बस, पानी ट्यांकी, माइक्रोबसलगायत बाढीले बगाएको छ । 

बाढीले अरनिको राजमार्गको केही भाग समेत बगाएको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्