सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढी र पहिरो : यस्तो छ घटनास्थलमा पुगेको प्रहरीको बयान

सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढी तथा पहिरोमा पर्नेहरूको उद्दारका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक सहितको टोली घटनास्थलमा पुगेको छ ।

जिप्रका सिन्धुपाल्चोक, इलाका प्रहरी कार्यालय बाह्रबीसे, नेपाली सेनाको टोली लगायत विभिन्न टोली उद्दारका लागि घटनास्थल पुगेको कार्यालयका प्रवक्ता एवं डीएसपी माधव काफ्लेले लोकान्तरलाई जानकारी दिए ।


Advertisement

उनकाअनुसार स्थानीय २ जनाको शव भेटिएको छ भने अन्य कबिर ११/१२ घर बाढीले बगाएको छ ।

केही स्थानीयहरू घाइते भएका छन् ।


Advertisement

लोकान्तरसँग डीएसपी काफ्लेले भनेः

हामी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोली भर्खरै आइपुग्यौं । यहाँ इप्रका बाह्रबीसे, नेपाली सेना लगायतका टोलीहरू खटिएका छन् । हामी पनि उद्दारका लागि खटियौं ।

घटनामा केही स्थानीय घाइते भएका छन् भने २ जनाको शव भेटिएको छ । गाडी, पानी ट्याङ्ककीलगायत बगाएको छ । 

स्थानीय २० वर्षीय निकेश बस्नेत र निजको ३ वर्षीया छोरीको शव फेला परेको छ। 

बाढीले करीब ११/१२ घर बगाएको देखिन्छ । 

घटना गएराति १ बजे आसपासको हो । हामीले केही समयपछि थाहा पायौं ।

अरनिको राजमार्गको केही भाग पनि बगाएकाले उद्दारमा ढिलाइ भयो ।

अहिले घाइतेहरूको उद्दारको तयारी भइरहेको छ । घाइतेहरूलाई उपचारका लागि लैजान बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टर आउँदै छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्