बाढीमा बेपत्ताको उद्धारमा कुनै कसर बाँकी नराखिने मुख्यमन्त्रीको प्रतिबद्धता

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी तथा पहिरामा परी भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

बिहीवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे  ।


Advertisement

उनले सन्देशमार्फत शोकसन्तप्त परिवारमा समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

खाडीचौरभन्दा माथिको पुल बगाएकाले बाटामा असहजता भए तापनि त्यस क्षेत्रमा हाल प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी तथा नेपाली सेनाका सहसेनानीको नेतृत्वमा १० जनाको टोली पुगिसकेको छ । घाइतेका उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ जाँदैछ ।


Advertisement

कमेन्ट गर्नुहोस्