शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि कार्यान्वयनमा ल्याएको वैकल्पिक पद्धतिको सिकाइ निर्देशिकामाथि सातवटै प्रदेशका सहसचिवहरूले यसलाई शैक्षिक सत्रसँग जोड्नुपर्ने सुझाव दिएका छन् ।
बिहीवार मन्त्रालयमा भएको छलफलमा आएको सुझावहरू समेटेर नयाँ प्रस्ताव बनाउने र त्यसलाई कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन केन्द्रमा पठाइने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।
मन्त्री पोखरेलले उक्त निर्देशिका कार्यान्वयनका बारेमा रिपोर्ट लिन सातै परदेशमा सहसचिवहरुलाई जिम्मेवारी तोकेका थिए ।
वैकल्पिक सिकाइ पद्धति कार्यान्वयनको प्रभावकारिता, समस्याहरू, निर्देशिकाले समेट्नुपर्ने विषय आदिमा आज समीक्षा भएको छ ।
सातै प्रदेशको जिम्मेवारी लिएका सहसचिवहरुले वैकल्पिक सिकाइ पद्धतिबारेमा सातै प्रदेशका निकायसँग भिडियो बैठक गरी सुझाव लिएका थिए ।
लोकान्तर संवाददाता