बाह्रबिसे पुगेर सभामुख सापकोटाले भने- राहतका लागि यथाशक्य पहल गर्छु

सभामुख अग्निप्रसाद सापकोटा बिहीबार सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ५ जम्बुस्थित बाढी, पहिरो र डुबानग्रस्त क्षेत्रमा पुगेर जनधनको क्षति र विपत्तिले निम्त्याएको विध्वंशबारे जानकारी लिएका छन्। 

स्थलगत अवलोकनपछि उनले पीडितहरुसँग छलफल गरी राहत र उद्धारका लागि यथाशक्य पहल गर्ने बताए। आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सो क्षेत्रमा विस्थापितहरुलाई बास, राहत, हराइरहेकाहरुको खोजीका लागि सबै खाले पहल र प्रयत्न हुने बताए। 


Advertisement

सभामुख सापकोटाले खोज, उद्धार र राहतका लागि गृह मन्त्रालयसँग समन्वय गरिएको जानकारी दिँदै जम्बुमा रहेका सम्बद्ध सबैलाई आवश्यक निर्देशन दिए।   

बिहीबार नै सदरमुकाम चौतारा पुगेर उनले जिल्ला विपद् व्यवस्थापन समितिका अधिकारीहरुलाई उद्दार र राहतका लागि यथाशक्य जुट्न निर्देशन दिए। सभामुख सापकोटाको पहलमा जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको रकम जिल्ला विपद् जोखिम व्यवस्थापनका लागि खर्च गर्न स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय भएको छ। 


Advertisement

सभामुख सापकोटाले बाढी र पहिरोमा परी बेपत्ता २१ जना नागरिकको खोजीका लागि निरन्तर पहल गर्न निर्देशन पनि दिएका छन्। 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्