कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
सरकारले मापदण्ड पूरा गरेर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएको छ ।
यही असार २२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिन बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री युवराज खतिवडाले मापदण्ड पूरा गरेर भोलिबाटै लागू हुनेगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न सकिने जानकारी गराएका हुन् ।
जिल्लाभित्र मात्र सञ्चालन हुन पाउने भनिएपनि काठमाडौं उपत्यकाको हकमा भने उपत्यकाभित्र (काठमाडौं, ललितपुर र भक्तपुर)मा चल्न पाउने छन् ।
यसरी सञ्चालन हुने सवारी साधनले सिट क्षमताको आधा मात्र यात्रु राख्न पाउने छन् ।
एक लहरको एक पंक्तिमा मात्र यात्रु राख्न पाउने र मास्क अनिवार्य गरिएको प्रवक्ता खतिवडाले बताए ।
सवारी चालक र सहचालकले पनि मास्क र पञ्जा अनिवार्यरूपमा लगाउनुपर्नेछ। यसका साथै प्रत्येक दिन यातायातका साधन डिसइन्फेक्सन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
आधा मात्र यात्रु चढाउन पाउने भएपछि यो व्यवस्था लागू हुँदासम्म ५० प्रतिशत बढी भाडा लिन सक्ने गरी व्यवस्था गरिएको छ। अब चढ्ने बित्तिकै उपभोक्ताले २२ रुपैयाँ ५० पैसा भाडा तिर्नु पर्नेछ। यसअघि यस्तो भाडा १५ रुपैयाँ थियो।
सार्वजनिक यातायातजस्तै जिल्लाभित्र ट्याक्सीहरू पनि सञ्चालन हुन पाउने छन् । ट्याक्सीमा चालकबाहेक २ जना मात्र राख्न पाइनेछ । ५ वर्ष मुनिका बालबालिकाको हकमा भने थप राख्न सकिनेछ ।
यसैगरी निजी सवारी साधनमा पनि ५ वर्षभन्दा मुनिका बालबालिका थप राख्न सक्ने गरी व्यवस्था गरिएको प्रवक्ता खतिवडाले जनाएका छन् ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...