×

NMB BANK
NIC ASIA

एसईईको नतिजा नआउँदै कक्षा ११ को भर्ना !

असार २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै अधिकांश निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्नाको प्रक्रिया शुरू गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

यस पटकदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुने तयारी छ । नयाँ पाठ्यक्रममा असन्तुष्ट निजी विद्यालय सञ्चालकहरुले भने पुरानै संकायअनुसार विद्यार्थीको अनलाइन रजिस्ट्रेसनको प्रक्रिया अघि बढाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाठयक्रम विकास तथा मूल्यांकन परिषद्ले संकाय प्रणालीको अन्त्य गर्दै कक्षा ११ मा ६ विषयको पठनपाठन गराउने निर्णय गरिसकेको छ । कक्षा १ र ११ मा नयाँ पाठ्यक्रमबाट पठनपाठन गराउने निर्णय परिषद्ले गत माघ २ मै गरेको थियो ।


Advertisment
Nabil box
Kumari

ठूला र नाम चलेका निजी विद्यालयहरुले नै प्रि–भर्ना र रजिस्ट्रेसनको अगुवाइ गरेका छन् । शिक्षा मन्त्रालयले भने विद्यार्थी भर्नामा रोक लगाएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का पदाधिकारीहरु सञ्चालक रहेका विद्यालय नै विद्यार्थी भर्ना लिन तँछाडमछाड गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

उनीहरुको सिको गर्दै कक्षा ११ र १२ मा पठनपाठन गराउने अधिकांश शिक्षण संस्थाले भर्ना आह्वान गरेका हुन् । ‘एसईईको नतिजा आएकै छैन, भर्ना हुन आऊ भनेर अपिल गरिएको छ,’ एक अभिभावकले भने । विद्यालयहरुले भर्ना हुन आउन सार्वजनिक सूचना नै प्रकाशित गरेका छन् ।

हिसान अध्यक्ष रमेश सिलवाल प्रमुख रहेको गोल्डेन गेट इन्टरनेसनल कलेजले विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अनलाइन रजिस्ट्रेसन खुला गरेको छ । उपाध्यक्ष युवराज शर्माको हिमालयन ह्वाइटहाउस कलेजले पनि प्रि–रजिस्ट्रेसन आह्वान गरेको छ । विज्ञान, मानविकी, व्यवस्थापनसहित कानुन संकायमा भर्नाका लागि विद्यार्थीलाई सम्पर्कमा आउन भनिएको छ । महासचिव लोकबहादुर भण्डारी सञ्चालक रहेको जेभियर इन्टरनेसनल स्कुलले पनि यिनै संकायका लागि विद्यार्थी भर्ना खोलेको छ । काठमाडौंका अन्य दर्जनौं विद्यालयले पनि भर्ना आह्वान गरेका छन् । सेन्ट जेभियर, रातो बंगालालगायत विद्यालयले ए–लेभलको पठनपाठनका लागि अनलाइन रजिस्ट्रेसन गर्ने व्यवस्था मिलाएका छन् ।

चैत पहिलो सातादेखि ठप्प विद्यालय र क्याम्पस कहिलेदेखि खुल्ने अनिश्चित छ । तर विद्यालयहरुले भने अघिल्लो तहको परीक्षाफल नआउँदै नयाँ भर्नाका गतिविधि थालेका हुन् । एसईईको तयारीमा रहेका ४ लाख ८२ हजार परीक्षार्थीका लागि विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिने निर्णय भएको छ । साउनको दोस्रो सातापछि मात्र नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

हिसानका उपाध्यक्ष शर्माले कक्षा ११ को तयारी गर्ने विद्यार्थीका लागि पूर्वतयारी स्वरूप प्रि–रजिस्ट्रेसन गराइएको प्रतिक्रिया दिए । धेरै विद्यार्थी काठमाडौं बाहिर छन् । लकडाउन कायमै रहे नतिजा प्रकाशित भएपछि पनि ती विद्यार्थी काठमाडौं नआउने निजी विद्यालय सञ्चालकहरुको विश्लेषण छ । विद्यार्थी तान्न र कोटा पूरा गर्न प्रि–भर्ना र रजिस्ट्रेसन आह्वान गरिएको हिसानका एक पदाधिकारीले बताए । ‘विद्यार्थी नभए स्कुल बन्द हुन्छन्, आफूले पढाउने विद्यार्थीको सिट सुरक्षित गर्न अहिलेदेखि हानथाप भएको हो,’ उनले भने । हिसानले यसपटक देखि नयाँ पाठ्यक्रम लागू नगर्नसमेत सरकारसँग लबिइङ गर्दै आएको छ । उनीहरुले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पाठ्यक्रम कार्यान्वयन नगर्न सुझावपत्रसमेत दिएका छन् ।


अहिले संकाय प्रणालीअनुसार कक्षा ११ र १२ मा पाँचवटा विषय मात्र पठनपाठन हुन्छ । नयाँ पाठ्यक्रममा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षालाई अनिवार्य मानिएको छ । विद्यार्थीले तीन ऐच्छिक र तीन अनिवार्य विषय पढ्नुपर्ने हुन्छ । कोभिड–१९ को संक्रमणको बेला नयाँ पाठ्यक्रम कार्यान्वयनमा लैजानु फलदायी नहुने शर्माको तर्क छ । ‘पुरानै पाठ्यक्रमका आधारमा यसपालि पठनपाठन गरौं भनेर सुझाव दिएका छौं,’ शर्माले भने, ‘सरकारले निर्णय भइसकेको छ भनेर कार्यान्वयन नै गर्ने दिशामा अघि बढेको छ, यसबाट परिणाम राम्रो आउँदैन ।’

पाठ्यक्रम विकास केन्द्रका निर्देशक केशवप्रसाद दाहालले नयाँ पाठ्यक्रम लागू गर्न समय तालिकासमेत स्वीकृत भइसकेको जनाए । केन्द्रले अनिवार्य विषयका पाठ्यपुस्तक छपाइको कामसमेत सकिसकेको छ । ऐच्छिक विषयका पुस्तक लेख्न निजी पब्लिकेसनहरुलाई जिम्मा दिइएको छ । असार मसान्तसम्म पब्लिकेसन र लेखकहरुले किताब तयार पारेपछि स्वीकृत गरेर कार्यान्वयनमा जाने केन्द्रको तयारी छ ।

शिक्षा मन्त्रालयका एक उच्च अधिकारी भने निजी विद्यालय सञ्चालकहरु नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न दबाब दिने उद्देश्यअनुरूप यसअघिकै संकायअनुसारको भर्नामा जुटेको बताउँछन् । ‘एसईईको नतिजा नै आएको छैन, भर्ना गरेर शुल्क उठाउन हतार गरेका छन्,’ ती अधिकारीले भने, ‘संकाय प्रणालीबाट प्रि–रजिस्ट्रेसन गरे त्यहीअनुसार पढाउन पाइन्छ भन्ने दाउ हो ।’ शिक्षा मन्त्रालयका सचिव सञ्चय शर्माले हिसानसहित प्याब्सन, एनप्याब्सनलगायत निजी शिक्षण संस्थाका छाता संगठनलाई नयाँ भर्ना नलिन, शुल्क नउठाउन सूचना पठाइएको बताए । कान्तिपुर दैनिकमा सुदीप कैनीले समाचार लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x