×

NMB BANK
NIC ASIA

हिजो दिनभर : सडक प्रदर्शन रोक्न नेतृत्वसँग नेकपा नेताहरूको माग, गुम्यो सरिता गिरीको सांसद पद

असार २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेतृत्वलाई नेकपाका दोस्रो तहका नेताहरुकाे सुझाव- सडक प्रदर्शन रोकियाेस्

सत्तासीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) काे विवाद चुलिरहेका बेला नेताहरुले निकास खाेज्न नेतृत्वलाई आग्रह गरेका छन्।

Sagarmatha Cement
Muktinath Bank

नेकपा स्थायी कमिटी बैठक बस्ने एक दिन अघि नेकपाका नेताहरुले सामाजिक सन्जालमा भइरहेकाे टिकाटिप्पणी राेक्न आग्रह गरेका हुन्। अहिले विशेषगरी पूर्वमाओवादी र पूर्वएमालेका नेता कार्यकर्ताहरु एकअर्काप्रति सामाजिक सन्जालमै टिकाटिप्पणी गरिरहेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 बिहीबार साँझ कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएकाे छलफलमा नेताहरुले  सडकमा भइरहेका प्रदर्शन रोक्न पनि माग गरेका छन्। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीकाे समर्थनमा भन्दै प्रदर्शन भइरहेकाे छ। त्यसैगरी, एकताको नयाँ आधार तयार पार्न र आवश्यक परे स्थायी समिति बैठक अझै सारेर भए पनि निकास दिन पनि नेताहरुकाे सुझाव छ।


Advertisment
Nabil box
Kumari

नेकपा स्थायी कमिटी बैठक पछिल्लाे समय बस्दै नबसी स्थगित हुँदै आएकाे छ। भाेलिका लागि बाेलाइएकाे स्थायी कमिटी बैठकका बारेमा पनि यकिन छैन। 

Vianet communication
Laxmi Bank

छलफलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, ऊर्जा मन्त्री वर्षमान पुन, वन मन्त्री शक्तिबहादुर बस्नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई सहभागी थिए। त्यस्तै स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा, शंकर पोखरेल पनि सहभागी थिए। 

नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय पेचिलो बन्दै गएको छ। कतिपय नेताहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका छन्। तर, ओली आफ्नो बचाउ गर्दै स्थायी कमिटी बैठक टार्दै आएका छन्।

पछिल्लो पटक पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैनिकजसो बालुवाटारमा छलफल गर्ने गर्छन्। तर, ठोस निकास निस्किएको छैन।

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, बाबुराम भट्टराई चौथो नम्बरमै

जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ ।

जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो । 

आयोगको बुधवार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । जसपालाई दल दर्ताको प्रमाणपत्र लिन शुक्रवार बोलाइएको बताइएको छ ।

गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा गठन गर्ने सहमति भएको थियो । एकीकरण घोषणा भएको जसपाले दल दर्ताका लागि जेठ २५ गते आयोगमा आवश्यक कागजात बुझाएको थियो ।

जसपाका नेता केशव झाले आयोगमा आधिकारिक रुपमा दल दर्ता भएपछि पार्टी एकीकरणका बाँकी काम अघि बढाइने बताए । आयोगमा अहिले १३२ राजनीतिक दल दर्ता भएका छन् । २ पार्टी राजपा र समाजवादी पार्टी एकीकरण भएपछि अब आयोगमा दर्ता भएका १३१ दल हुनेछन् ।

जसपाको सहमतिअनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । पार्टीका वरिष्ठ नेतात्रयमा अशोककुमार राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन् ।

तत्कालका लागि ३० सदस्यीय कार्यकारिणी सदस्य घोषणा गरिएको छ ।

प्रहरी सेवामा शान्ति सुरक्षा अनिवार्य शर्त : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

बिहीवार गृह मन्त्रालयमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले महानिरीक्षक क्षेत्रीको कार्यकाल शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

संघीय संरचनाअनुसार प्रहरी समायोजन काम टुंगोमा छिटो पुग्ने गरी काम गर्न समेत उनले निर्देशन दिए । ‘राज्यले विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हो, विशेष ध्यान दिनुहोस्,’ उनले भने ।

गृहसचिव महेश्वर न्यौपानेले पनि महानिरीक्षक क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै टीम वर्कमा काम गर्न निर्देशन दिए ।

अन्तत: गुम्यो सरिता गिरीको सांसद पद

लिपुलेक तथा लिम्पियाधुरासहितको नक्सालाई निशान छापमा समेट्ने गरी भएको संविधान संशोधनमा मतदान नगरी ह्वीप उल्लंघन गरेपछि समाजवादी पार्टीबाट निष्कासित सरिता गिरीको सांसद पद गुमेको छ ।

संसद् सचिवालयले बिहीवार सूचनापत्र टाँस गरी समानुपातिकतर्फबाट निर्वाचित सरिता गिरीको स्थानमा सांसद पद रिक्त भएको जानकारी गराएको हो ।

सभामुखबाट स्वीकृत भएअनुसार ... भन्दै संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सांसद पद रिक्त भएको सूचना प्रकाशित गरेका छन् ।

यसअघि समाजवादी पार्टीले गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिसकेको छ ।

पछिल्लो २४ घण्टामा थपिए १ सय ८ कोरोना संक्रमित, १ सय ३९ डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा १०८ जना कोरोना संक्रमित थपिएको बताएका हुन् ।

यससँगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

डाक्टर गौतमले पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ सय ३९ रहेको बताए ।

विराटनगरमा गरिएको परीक्षणमा सुनसरी र झापाका १/१ जना, राजविराजमा गरिएको परीक्षणमा सप्तरीका २, जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २ र सिराहाका ४ जनामा संक्रमण देखिएको डा गौतमले बताए ।

त्यस्तै काठमाडौँको टेकुमा गरिएको परीक्षणमा दार्चुलाका १, काठमाडौँका १, नुवाकोटका १ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सरुवा रोग अस्पताल काठमाडौँमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा संक्रमण देखिएको छ भने भरतपुरमा गरिएको परीक्षणमा चितवनका ४ र नवलपरासी पूर्वका १ जनामा संक्रमण देखिएको छ ।

हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका १ जना र काठमाडौँको वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँको १ जनामा कोरोना पोजिटिभ देखिएको उनले बताए ।

काठमाडौँको शिक्षण अस्पतालमा गरिएको परीक्षणमा बागलुङका १, काठमाडौँका २, सिन्धुपाल्चोकका २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २, तनहुँका १, म्याग्दीका २, गोर्खाका २, कास्कीका ४ र लम्जुङका ५ जनामा संक्रमण देखिएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका २, दाङका २, राप्तिमा गरिएको परीक्षणमा दाङका ५ जनामा संक्रमण देखिएको छ ।

सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ३, मुगुका २, सुर्खेतका १८ जनामा संक्रमण पोजिटिभ देखिएको छ भने डडेलधुरामा गरिएको परीक्षणमा बझाङका १६ र सेती अस्पतालमा गरिएको परीक्षणमा अछामका ४, बाजुराका २, कन्चनपुरका २ र कैलालीका ८ जनामा संक्रमण देखिएको डाक्टर गौतमले बताए ।

उनले आइसोलेसनमा बस्नेको संख्या दिनानुदिन घट्दै गइरहेको बताए । कोरोना संक्रमणसँगको लडाईंमा बिस्तारै सफलता प्राप्त गर्दै गइरहेको भन्दै डाक्टर गौतमले यसको क्रेडिट सबैलाई जाने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x