बाढी पहिरो पीडितको उद्धार र राहतका लागि भन्दै एक साताका लागि स्थगित भयो नेकपा बैठक

नेकपा स्थायी कमिटीको बैठक एक साताका लागि स्थगित भएको छ ।

असार १० गते शुरु भइ १८ गतेदेखि स्थगित रहदै आएको नेकपा बैठक १ साताका लागि स्थगित भएको प्रवक्ता नारयाणकाजी श्रेष्ठले जानकारी दिए ।


Advertisement

‘देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपङ्क्ति  उद्दार एवं राहतमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित’ प्रवक्ता श्रेष्ठले ट्वीटरमा सन्देश लेखेका छन । 

अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रयासका लागि भन्दै नेकपा बैठक यसअघि ४ पटक स्थगित भइसकेको छ । 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्