×

NMB BANK
NIC ASIA

म्याग्दीमा बाढी र पहिरोको वितण्डा : करीब ३० जना बेपत्ता, उद्धारका लागि पुग्नै मुस्किल !

असार २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अविरल वर्षापछिको बाढी तथा पहिरोका कारण म्याग्दीमा करीब ३० जना बेपत्ता भएका छन् । २ जनाको मृत्यु भएको छ ।

Muktinath Bank

गएराति देखिको बाढी तथा पहिरोका कारण धवलागिरि गाउँपालिकामा १९, मालिका गाउँपालिकामा ९ र मंगला गाउँपालिकामा १ जना बेपत्ता भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धौलागिरि– ७ मा २ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

धवलागिरि गाउँपालिकाकी अध्यक्ष थमसरा पुनले १९ जना बेपत्ता भएको जानकारी दिएपनि सहायक प्रजिअ सुवेदीले बेपत्ताको संख्या २१ रहेको बताए ।

Vianet communication
Laxmi Bank

धवलागिरि वडा नम्बर ६ मा पहिरोले करीब ३५ घर बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) किरणजंग कुवँरले लोकान्तरलाई जानकारी दिए ।

पहिरोबाट जोगिन सफलहरूलाई उद्धार गरी स्थानीय क्लबको भवनमा लगेर राखिएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिइन् ।

उद्धार गरिएका मध्ये २ जना गम्भीर घाइते छन् । अर्का एक बालक पहिरोमा परेको घरभित्र फसेको हुनसक्ने आशंकामा उद्धारका लागि पहल भइरहेको उनले बताइन् ।

उद्धारका लागि खटिएको सुरक्षाकर्मीको टोली भने घटनास्थलमा पुग्नै बाँकी छ ।

यस्तै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरका अनुसार वडा नम्बर ६ र ७ मा गरी ९ जना बेपत्ता भएका छन् ।

'मालिका– ७ बिमामा पहरिरोले ८/९ जनालाई बेपत्ता बनाएको खबर आएको छ,' अध्यक्ष रोकाले भने, 'वडा नं. ६ को डुखु भन्ने ठाउँमा एकजनालाई डुखु खोलाले बगाएको छ ।'

वर्षा रोकिएपनि पहिरो नरोकिएकाले उद्धारका लागि घटनास्थलतर्फ जान नसकिएको उनले जानकारी दिए ।

अध्यक्ष रोकाका अनुसार पहिरोमा परेको गाउँमा फोन सम्पर्क समेत हुन सकिरहेको छैन ।

म्याग्दीमा बाढी तथा पहिरोले पुर्‍याएको क्षतिको यकिन विवरण आइनसकेको डीएसपी कुँवरले बताए । 

प्रहरीका अनुसार घटनास्थल जिल्लाकै सबैभन्दा विकट क्षेत्र हो । जिल्ला प्रहरी कार्यालयबाट त्यहाँ पुग्न सामान्य अवस्थामा पनि करीब ७ घण्टा गाडीमा र ३ घण्टा पैदल यात्रा गर्नुपर्छ ।

‘यहाँबाट प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गइसकेको भएपनि राजमार्गमा पहिरो आएका कारण अवरोध सिर्जना भएको छ । अहिले वैकल्पिक मार्ग खोजेर अगाडि बढ्ने काम हुँदैछ,’ डीएसपी कुँवरले भने ।

विपद् व्यवस्थापनको टोली पनि घटनास्थलतर्फ गइरहेको उनले जानकारी दिए ।

बाढीले बेनी बजारमा रहेको बेलिब्रिज पनि बगाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x