×

NMB BANK
NIC ASIA

म्याग्दीबाट गाउँपालिका अध्यक्ष भन्छिन्– 'एउटै वडाका ४/५ गाउँको नामोनिसान मेटियो'

असार २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

‘भूकम्पले केन्द्रबिन्दु बनाए जसरी पहिरोले एउटै वडाका ४/५ बस्तीको नामोनिसान मेटिदियो,’ म्याग्दीको धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनको भनाइ हो यो ।

Sagarmatha Cement
Muktinath Bank

राति २ बजेदेखि उनको फोन बजेकोबज्यै छ । शुरूमा वडा नम्बर ६ का वडाध्यक्ष राजाराम उपाध्यायले फोन गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राति फोन आएकोआयै गरेपछि ब्युँझिएर फोन उठाएँ, वडाध्यक्षले फोन गर्नुभएको रहेछ,’ अध्यक्ष पुनले भनिन्, ‘नसोचेको विपद् आइलाग्यो ।’


Advertisment
Nabil box
Kumari

धवलागिरी– ६ का रिख, कुम्री, नांग्रुक, दमका, कल्लेनीलगायतका गाउँ पहिरोले लगेको अध्यक्ष पुनले जानकारी दिइन् ।

Vianet communication
Laxmi Bank

‘४/५ वटा गाउँ पूरै पहिरोले लगेको छ, घरको नामोनिसान छैन,’ अध्यक्ष पुनले भनिन्, ‘पहिरोबाट ज्यान जोगाएकाहरूलाई स्थानीय क्लबको भवनमा लगेर राखिएको छ ।’

अहिलेसम्म पहिरोमा परी १९ जना बेपत्ता भएको उनले बताइन् ।

यता म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले भने धवलागिरि गाउँपालिकामा मात्रै २१ जना बेपत्ता भएको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष पुनका अनुसार उद्धारका लागि खटिएको टोली अझै घटनास्थलमा पुग्न सकेको छैन ।

स्थानीयले अहिले पहिरोमा परेको एउटा घरमा बालक फसेको हुनसक्ने आशंकामा उद्धारको पहल गरिरहेका छन् ।

‘एउटा घरमा बालक फसेको भन्ने आशंकामा उद्धारका लागि पहल हुँदैछ,’ अध्यक्ष पुनले भनिन्, ‘ती बालकका बाबुआमा भने बेपत्ता छन् ।’

पहिरोमा परेका २ जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।

धवलागिरिकै वडा नम्बर ७ मा पनि पहिरोले क्षति पुर्‍याएको छ । स्वास्थ्य चौकी भवन बगाएको र मानवीय क्षति भने नभएको अध्यक्ष पुनले जानकारी दिइन् ।

म्याग्दीकै मालिका गाउँपालिकामा ९ र मंगला गाउँपालिकामा १ जना बेपत्ता भएका छन् ।

मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरका अनुसार वडा नम्बर ६ र ७ मा गरी ९ जना बेपत्ता भएका हुन् ।

'मालिका– ७ बिमामा पहरिरोले ८/९ जनालाई बेपत्ता बनाएको खबर आएको छ,' अध्यक्ष रोकाले भने, 'वडा नं. ६ को डुखु भन्ने ठाउँमा एक जनालाई डुखु खोलाले बगाएको छ ।'

वर्षा रोकिएपनि पहिरो नरोकिएकाले उद्धारका लागि घटनास्थलतर्फ जान नसकिएको उनले जानकारी दिए ।

अध्यक्ष रोकाका अनुसार पहिरोमा परेको गाउँमा फोन सम्पर्क समेत हुन सकिरहेको छैन ।

म्याग्दीमा बाढी तथा पहिरोले पुर्‍याएको क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी किरणजंग कुँवरले बताए । 

प्रहरीका अनुसार घटनास्थल जिल्लाकै सबैभन्दा विकट क्षेत्र हो ।

जिल्ला प्रहरी कार्यालयबाट त्यहाँ पुग्न सामान्य अवस्थामा पनि करीब ७ घण्टा गाडीमा र ३ घण्टा पैदल यात्रा गर्नुपर्छ ।

‘यहाँबाट प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गइसकेको भएपनि राजमार्गमा पहिरो आएका कारण अवरोध सिर्जना भएको छ, अहिले वैकल्पिक मार्ग खोजेर अगाडि बढ्ने काम हुँदैछ,’ डीएसपी कुँवरले भने ।

विपद् व्यवस्थापनको टोली पनि घटनास्थलतर्फ गइरहेको उनले जानकारी दिए ।

बाढीले बेनी बजारमा रहेको बेलिब्रिज पनि बगाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x