×

NMB BANK
NIC ASIA

सिन्धुपाल्चोकको जम्बुबाट फर्किएपछि

‘हामीले त भागेर ज्यानसम्म जोगायौं, उनीहरूले पहिरो आएको पत्तै पाएनन् जस्तो लाग्यो’

भोटेकोशीको ब्लास्टिङ र जथाभावी डोजर चलाउँदा पहिरोको वितण्डा

असार २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुधवार मध्यराति पहिरोसहित ठाडो खोलामा आएको बाढीका कारण घर भत्केपछि सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका– ५ जम्बुकी भगवती अधिकारीको परिवार भोटेकोशी पारिपट्टि माझीटोलको एक घरमा शरण लिन पुगेको छ ।

Muktinath Bank

बाढीले झ्यालढोका भत्काएको सुन्तला रंगको घरको एक कोठामा बालबच्चासहित भगवतीको परिवारका ७ जना सुतिरहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राति त्यस्तै साढे ११ बजेको समयमा गड्याङ–गुडुङ गर्न थाल्यो, पहिरो आएको जस्तो लागेपछि हामी बाटो छेउको घरबाट भागेर पर पाखोमा रहेको घरमा पुग्यौं । समयमै थाहा पाएकाले हामीले ज्यानसम्म जोगाउन सक्यौं,’ अधिकारीले बिहीवार लोकान्तरसँग भनिन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

रातभरिको अनिदो र भोकका कारण बालबच्चा दिउँसोमा पनि निदाएका थिए, अभिभावकहरू पनि थकित मुद्रामा भेटिए ।

‘बिहान उज्यालो भएपछि हेर्न आउँदा सबै बगाएर लगेको रहेछ, हेर्नै सकिएन,’ गला अवरुद्ध पार्दै अधिकारीले भनिन्, ‘घर बाढीपहिरोले लगेपछि अब हाम्रो केही बाँकी रहेन ।’

भगवतीका छोरा साजनका अनुसार उनीहरूको घरको तल्लो तलामा जम्बु बचत तथा ऋण सहकारी संस्थाको कार्यालय थियो । ‘त्यहाँ भएका कागजात र नगदहरू पनि सबै बगायो,’ साजनले भने । 

नेपाल–चीन तातोपानी नाका जोड्ने कोदारी राजमार्गमा पर्ने जम्बु बजारमा झण्डै ३० घरधुरी थिए । बाह्रबीसे नगरपालिकाका मेयर निमाफुञ्जो शेर्पाका अनुसार १७  घरमा क्षति पुगेको छ ।

नजिकै मध्यभोटेकोशी जलविद्युत् आयोजनाको सुरुङमार्ग, नजिकै गोदाम तथा भोटेकोशी जलविद्युत् आयोजनाका कर्मचारीको आवासस्थल भएकाले जम्बु बजारमा चहल–पहल राम्रै हुन्थ्यो ।

जम्बु बजारबाट बाह्रबीसेतर्फ पहिरोसँगै आएको लेदोका कारण केही घर बगायो । जम्बु बजारको तातोपानी नाकातर्फ पनि त्यस्तै पहिरो आएको छ, तर घरमा क्षति पुगेको छैन । ‘तलबाट भोटेकोशीको कटान, माथिबाट पहिरो खस्ने डरका कारण जम्बु बजार नै जोखिममा पर्‍यो, यहाँ बस्न सक्ने स्थिति रहेछ,’ साजनले लोकान्तरसँग भने । 

जम्बुमा टोपबहादुर तामाङको परिवारका ७ जना नै बेपत्ता छन् ।

‘पहिरो आएको थाहा पाएका त भागिहाल्यौं, उहाँहरूले थाहा पाउनुभएन कि, राति भएकाले निस्कन सक्नु भएन,’ एक स्थानीयले भने ।

'ओडारमा गएर ज्यान जोगायौँ'

जम्बुमा पहिरोले घर बगाउन थालेपछि भोटेकोशी नदीको पारि माझीटोलका दुर्गाबहादुर लामाको परिवार घर छाडेर ओडारमा गएर बस्यो ।

‘भूकम्प आउँदा भन्दा ठूलो स्वरमा आवाज आयो, भूकम्प आएजस्तो पनि भयो, त्यसपछि हामी ओडारमा गएर बस्यौं,’ लामाले लोकान्तरसँग भने । 

भोटेकोशी नदीभन्दा माथिको गाउँ मानश्वाराका नरबहादुर लामाले पहिरोको आवाज माथि गाउँसम्म सुनिएको बताए । ‘गड्याङ–गुडुङ गर्दै पहिरो गयो, खोला सुसाएको सुनेर हामीपनि आफन्तहरू रातभर जागा बस्यौं, बिहान आउँदा आफन्त (टोपबहादुर तामाङ)को परिवार नै बगाएको रहेछ,’ नरबहादुरले घटना सम्झँदै भने ।

जम्बुका स्थानीय नीलबहादुर तामाङले यस्तो डरलाग्दो आवाज यसअघि कहिलै नसुनेको बताए । ‘रातभरि पहिरो गर्जिएको आवाजले हामी सुत्न सकेनौं, कतिखेर पहिरो आउँछ भनेर रातभर जाग्राम बस्यौं’ नीलबहादुरले भने । 

स्थानीय सोमती तामाङ बाटोको डिलमा पुग्दै बगाएको बस्ती हेरेर फर्किंदै गरिरहेकी थिइन् । ‘जम्मे बोर्जी, बर्बाद ताजी (जम्बु बजार बगाएछ, बर्बाद गरेछ)’ भन्दै छटपटाउँदै गरेकी थिइन् ।

यो क्षेत्रमा अधिकांश तामाङ समुदायको बसोबास रहेको छ । 

विस्थापित भए स्थानीय 

बाढी र पहिरोले क्षति पुर्‍याएसँगै जम्बुलगायत त्यसआसपासका क्षेत्रका मानिसहरू विस्थापित भएका छन् ।

माथि गाउँमा घर हुनेहरू घरतिर लागेको र घर नहुनेहरू अन्य व्यक्तिको शरणमा बसेका छन् । 

 

‘पहिरोले बस्न नसक्ने भएपछि हामी गाउँ छाडेर हिँड्यौँ, आफन्तकोमा शरण लिन जाने हो,’ पिठ्युँमा बच्चा बोकेर हिँडेका प्रेमबहादुर तामाङले भने । 

जम्बु भन्दा माथिको डाँडाका धेरै घर र बस्ती जोखिममा रहेका छन् । मेयर शेर्पाले बाढी पहिरोका कारण ५० घरधुरी विस्थापित भएको जानकारी दिए । कोरोना संकटको समयमा आएको प्राकृतिक विपत्तिसँग जुध्नु परेको उनले बताए । 

‘जम्बुभन्दा माथि रहेको काभ्रे गाउँका ३० घर जोखिममा छन्, उनीहरू घर छाडेर आफन्तकोमा गएका छन्, केही नभएकालाई हामीहरूले बस्ने व्यवस्था गरेका छौं,’ मेयर शेर्पाले लोकान्तरसँग भने ।

उनका अनुसार बुगम, कसेरी लगायतका गाउँ पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

शुक्रवार नगर कार्यपालिका बैठक बसेर विस्थापितहरूका लागि पुनर्वासको व्यवस्थाबारे निर्णय गर्न लागेको उनले बताए ।

‘मृतक र घाइते परिवारलाई एक–एक लाख रुपैयाँ दिने निर्णय गरेका छौं । बाटो अवरुद्ध भएकाले हेलिकप्टरमार्फत राहत वितरणको तयारी गरिरहेका छौं,’ मेयर शेर्पाले भने ।

मध्यभोटेकोशीको ब्लास्टिङ र गाउँमा डोजर आतंकले पहिरो

कोदारी राजमार्गमा रहेको जम्बु बजारको माथिपट्टि रहेको गाउँमा गएको पहिरोले जम्मा भएको लेदो बग्दै आएर बजारको घर बगाएको हो । स्थानीयहरू मध्य भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणका क्रममा गराइएको बम विस्फोट तथा गाउँमा जथाभावी डोजर चलाइएका कारण पहिरो आएको हुनसक्ने बताउँछन् ।

‘सुरुङ बनाउन गाउँ नै थर्किने गरी मध्यभोटेकोशीले बम विस्फोट गराएको थियो, त्यसैमाथि गाउँमा जथाभावी डोजर चलाइएका कारण पहाड चर्केका छन्,’ स्थानीय हिराबहादुर तामाङले भने, ‘जम्बु मात्र होइन, यो क्षेत्रमा धेरै जोखिम बढेको छ ।’

डोजरले जथाभावी खनेको बाटोका कारण ठाउँ–ठाउँमा पहिरो गएको छ । ‘धेरै जनप्रतिनिधिका आफ्नै डोजर र जेसीभी छन्, कमिसनको लोभमा बस्ती नभएको ठाउँमा पनि बाटो बनाउँदा जताततै पहिरो गएको छ,’ बाह्रबीसेमा भेटिएका शंकर नेपालले भने । 

पहिरो पछि खहरे खोलामा आएको बाढीले जम्बु बजारमा क्षति पुर्‍याएसँगै तल्लो तटीय क्षेत्रका बाह्रबीसे लगायतका बजारमा पनि त्रास बढेको स्थानीयहरू बताउँछन् । भोटेकोशीमा उर्लेको बाढीले बुधवार राति बाह्रबीसेभन्दा माथि र जुरेको पहिरो गएको ठाउँमा सडक कटान गर्दा राजमार्ग अवरुद्ध भएको छ । 

‘ड्यामसाइड, बाह्रबीसेको चौकीमाथि, खुर्सानीबारी, बसेरीलगायत ६ ठाउँमा राजमार्ग अवरुद्ध भएको छ, कतिपय ठाउँमा भोटेकोशीले राजमार्गको एक इन्च पनि बाँकी नराखी बाटो कटान गरेको छ,’ शेर्पाले लोकान्तरसँग भने । 

बुधवार मध्यरातमा पहिरोसँगै आएको बाढीका कारण घरधुरी बगाउँदा एक चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएकामा २ जनाको शव फेला परेको मेयर शेर्पाले बताए ।

दुईजना सामान्य र दुई गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको छ ।

हेर्नुहोस्, थप तस्वीरहरू : तस्वीर –गगन अर्याल/लोकान्तर

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x