भारतका यी ५ सर्वाधिक धनी व्यक्ति, कसको कति सम्पत्ति ?

भारतमा उद्योगी मुकेश अम्बानी सबैभन्दा धनी व्यक्ति घोषित छन् । फोर्ब्सले करिब तीन महिनाअघि सार्वजनिक गरेको तथ्यांकमा मुकेशलाई सबैभन्दा धनी व्यक्ति भनिएको छ । 

फोर्ब्सले सार्वजनिक गरेको भारतका धनी व्यक्तिहरू यसप्रकारका छन् । 


Advertisement

यी हुन् भारतका सबैभन्दा धनी व्यक्तिहरू

१. मुकेश अम्बानी
फोर्ब्सले सार्वजनिक गरेको नयाँ अपडेटअनुसार मुकेश अम्बानी भारतका सबैभन्दा धनी मानिस हुन् । मुम्बईमा रहने उनीसँग ३६.८ बिलियन डलर बराबरको सम्पत्ति रहेको छ । उनले पेट्रोकेमिकल्स, तेल तथा ग्यासमा लगानी गरेका छन् ।


Advertisement

२. राधाकिशन दमानी

​मुम्बईका राधाकिशन दमानी भारतका  दोस्रो धनी व्यक्ति हुन् । उनीसँग १३.८ विलियन डलर बराबरको सम्पत्ति छ । 

३. शिव नादर
दिल्लीका शिव नादर भारतका तेस्रो धनी व्यक्ति हुन् । उनले सफ्टवयर कम्पनीहरूमा लगानी गरेका छन् । उनको सम्पत्ति ११.९ विलियन डलर रहेको छ । 

४. उदय कोटक    
मुम्बईका उदय कोटक भारतका चौथो धनि व्यक्ति हुन् । उनले बैंकिङ क्षेत्रमा लगानी गरेका छन् । उनको कूल सम्पत्ति १०.४ बिलियन डलर रहेको छ । 

५. गौतम अदानी    
गौतम अदानी भारतका पाचौं धनी व्यक्ति हुन् । उनको कूल सम्पत्ति ८.९ बिलियन डलर रहेको छ । उनले कमोडिटिस् क्षेत्रमा लगानी गरेका छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्