×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा २ प्रतिशत सङ्क्रमित मात्रै आइसोलेशनमा

असार २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गइरहेको भए पनि यहाँ सङ्क्रमितको व्यवस्थापन र सुरक्षा सतर्कतामा ध्यान पु¥याइएको छ ।

Muktinath Bank

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार साँझसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा गरी सङ्क्रमितको सङ्ख्या तीन हजार ७१७ पुगेको छ । यहाँ स्वास्थ्य समस्या र रोगको लक्षण देखिएपछि मात्रै सङ्क्रमितलाई अस्पतालमा स्थापना गरिएका आइसोलेशन कक्षमा राखेर उपचार गरिने नीति अवलम्बन गरिँदा झण्डै ९७. ७१ प्रतिशत सङ्क्रमित क्वारेन्टाइन र घरमै बसिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधबारसम्म निर्देशनालयको तथ्याङ्क हेर्दा यहाँ २.२८ प्रतिशत सङ्क्रमितको मात्रै यहाँका आइसोलेशन कक्षमा उपचार भइरहेको छ । त्यसैगरी सङ्क्रमणको आशङ्कामा रहेका १५ जनाको आइसोलेशनमा उपचार भइरहेको छ । यता स्थानीयवासी भने सङ्क्रमितलाई आइसोलेशनमा नराखेर घर पठाउँदा समुदायमा सङ्क्रमण फैलिने भन्दै त्रासमा छन् ।


Advertisment
Nabil box
Kumari

“भारतबाट आएकालाई यहाँ क्वारेन्टिनमा राखियो,” कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का व्यवसायी सुरेन्द्र बमले भने, “सङ्क्रमण पुष्टि भएकालाई घर पठाउँदा समुदायमा सङ्क्रमणको सम्भावना धेरै भयो ।” उनले सङ्क्रमितलाई होम क्वारेन्टिनमा बस्न भनिएपनि बसाइ सुरक्षित नभएको बताए ।

Vianet communication
Laxmi Bank

“सङ्क्रमण पुष्टि भएकालाई सार्वजनिक ठाउँमा क्वारेन्टिन बनाएर राख्न पाए हुन्थ्यो,” उनले भने, “अहिले बाणी क्षेत्रमा मात्रै सय भन्दा बढी सङ्क्रमित घरमा हुँदा सङ्क्रमणको त्रास बढेको छ ।” उनले भारतबाट आउनेलाई क्वारेन्टिनमा राख्ने र सङ्क्रमितलाई घरमा बसाउने काम गलत भएको बताए । सुदूरपश्चिम प्रदेशको धनगढी, डडेल्धुराबाट हाल पीसीआर विधिबाट कोरोना परीक्षण हुनुका साथै सुर्खेत र काठमाडौँमा स्वाब पठाएर परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ ।

यहाँका विभिन्न जिल्लामा गरेर हालसम्म कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँ सङ्क्रमणको लक्षण देखिएका र स्वास्थ्य समस्या भएकालाई मात्रै आइसोलेशनमा राखेर उपचार गरिने बताए । “पहिले स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिनलाई अहिले आइसोलेशनमा परिणत गर्ने कार्य धमाधम हुँदैछ,” उनले भने, “सबै सङ्क्रमितलाई अस्पतालमा राखेर उपचार गर्ने सम्भावना नै रहेन ।” सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली जिल्लामा ९८६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै कञ्चनपुरमा ४४०, डडेल्धुरामा २६९, अछाममा ५८७, बैतडीमा २९७, बाजुरामा ४४४, दार्चुलामा १९ र डोटीमा ५३३ जनामा सङ्क्रमण देखिएको छ ।

त्यसैगरी यहाँका नौ वटै जिल्लामा आरडीटी विधिबाट गरिएको परीक्षणमा ९९३ जनामा पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले बिहीबारसम्म गरेर यहाँ सङ्क्रमितको सङ्ख्या ४४३ रहेको बताए ।

उनले भने, “धेरै निको भएर घर फर्किसकेका छन् ।” उनले पछिल्लो चरण कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाइ भइरहेको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्तनगरमा ५०/५० श्ययाको कोरोना अस्पताल  केही समय अघिदेखि सञ्चालनमा ल्याएको छ । यहाँ रहेका सङ्क्रमितमध्ये अधिकांश भारतबाट फर्किएका रहेका छन् । प्रदेश सरकारले यहाँ अझै समुदायस्तरसम्म कोरोना फैलिइ नसकेको दाबी गर्दै आएको छ । शेरबहादुर सिंह,रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x