जी न्यूजका सम्पादकले माफी माग्दै गरे आफ्नै ट्वीट डिलिट

नेपालमा भारतीय निजी न्यूज च्यानलको प्रशारण बन्द भएपछि आपत्तिजनक अभिव्यक्ति दिएका 'जी न्यूज'का प्रधान सम्पादक सुधीर चौधरीले माफी मागेका छन् ।

'नेपालविरुद्ध भारत सरकारले कुनै कारवाही गर्नै परेन, सेना प्रयोग गर्नै परेन भारतीय मिडियासँग नै डरायो, टीभी एंकरसँग नै डरायो नेपाल' भन्ने आशयको ट्वीट चौधरीले बिहीवार गरेका थिए ।


Advertisement

उक्त ट्वीटको नेपालमात्र होइन भारतमा समेत तीव्र आलोचना भएपछि चौधरीले ट्वीट डिलिट गर्दै माफी पनि मागेका छन् ।

'मेरो ट्वीटका कारण नेपालस्थित हाम्रा दर्शकलाई चोट पुग्यो । भारतमा पनि धेरैले मलाई भन्नुभयो कि– यो ठीक भएन । शायद हुनसक्छ, मैले आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएँ । यो अभिव्यक्तिको मञ्च हो, न कि कसैलाई चोट पुर्‍याउने । त्यसकारण खेद प्रकट गर्दै उक्त ट्वीटलाई हटाउँदै छु,' चौधरीले शुक्रवार गरेको अर्को ट्वीटमा लेखेका छन् ।


Advertisement

हेर्नुहोस्, सुधीर चौधरीको ट्वीट :

नेपाल सरकार, विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीप्रति निकै नै तल्लो स्तरमा गिरेर टिप्पणी गर्न थालेपछि नेपाली केबल अपरेटरहरूले बिहीवार साँझदेखि नेपालमा भारतीय न्यूज च्यानलको प्रशारण बन्द गरेका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्