पछिल्लो २४ घन्टामा मुलुकभर  थपिए १ सय १८ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा मुलुकभर १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १ सय २० जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा मुलुकभर १ सय १८ जनामा संक्रमण देखिएको बताएका हुन् । 


Advertisement

मन्त्रालयका अनुसार, कोशी अस्पताल विराटनगरमा इलामका १ जना, प्रादेशिक अस्पताल विराटनगरमा पाँचथरका २ जना, गजेन्द्र नारायणसींह अस्पताल राजविराजमा सिराहाका १ जना, प्रादेशिक जनस्वास्थ्य  प्रयोगशाला जनकपुरमा, धनुषाका ४ जना, महोत्तरीका ३ जना, सर्लाहीका ६ जना र सिराहाका १ जनामा संक्रमण पुष्टि भएको छ । 

राष्ट्रिय जनस्थास्थ्य प्रयोगशाला काठमाडौंमा रसुवाका १ जना, डोटीका १ जना र सर्लाहीका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १ जना, भरतपुर अस्पतालमा चितवनका १ जना, पाटन अस्पताल ललितपुरमा बाँकेका १ जना, भक्तपुरका १, काठमाडौंका १५, काभ्रेपलाञ्चोकका २ र ललितपुरका १३ जना छन् । यस्तै महोत्तरी, रामेछापका १, १ जना, रौतहटका २, सिन्धुलीका १ र सिन्धुपाल्चोकका १ जना संक्रमित छन् । 


Advertisement

त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका १२, सर्लाहीका १, इलामका १, पाल्पाका २, रुपन्देहीका १, मकवापुरका १ जना, धादिङका १ जना र कैलालीका १ जना संक्रमित छन् । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका २ जना र तनहुँका ८ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोरखाका १, नवलपरासीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ६, पाल्पाका २, रियलपटाइम पिसिआर प्रयोगशाला दैलेखमा  सुर्खेतका ७, बाजुराका १ र दैलेखका २ जनामा संक्रमण पाइएको छ ।

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा डोल्पाका १ जना, सल्यानका १ जना र सुर्खेतका ४ जना संक्रमित छन्  । 

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्