×

NMB BANK
NIC ASIA

सरकारले हाम्रो कुरा सुन्यो, त्यसकारण बजेट सर्वसम्मत पास गरिदियौं – कांग्रेस

असार २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली काँग्रेस संसदीय दल कर्णाली प्रदेशले पत्रकार सम्मेलन गरेरै बजेट सर्वसम्मत पास गर्नुको कारणबारे जानकारी दिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सरकारले गलत भएको कुरामा सुधार्न चाहेको, सभामुख दक्ष र सुझपूर्ण भएको र आफूहरु सरकारमा मन्त्री फेर्ने भन्दा पनि कर्णालीको विकासमा योगदान दिने प्रतिपक्षको भूमिका खेलिरहेको कारण सत्तापक्षले ल्याएको बजेटलाई सर्वसम्मत पास गर्नुपरेको प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रो चाहना मन्त्री फेर्ने पनि होइन, सरकार तलमाथि होस भन्ने पनि होइन,’ उनले भने, ‘सरकार हाम्रा सुझावप्रति गम्भीर बन्यो । प्रत्येक मन्त्रालयबाट मन्त्रालयगत वार्षिक विकास कार्यक्रम तयार गरी वार्षिक विकास कार्यक्रम ल्याउदा साधारण चालू शीर्षक र वित्तीय व्यवस्थामा रहेको बजेट स्पष्टसँग उल्लेख गरी आएकोले बजेट पास गरेका हौं ।’


Advertisment
Nabil box
Kumari

उनले थपे-  ‘आर्थिक मामिला मन्त्रालयवाट एकिकृत रुपमा पहिला पेस भएको बजेट बुकमा पूँजीगत कार्यक्रमलाई एकमुष्ट शीर्षक अन्तर्गत राखिएको बजेटलाई हाल प्रत्येक मन्त्रालयगत पेस भएको नयाँ वार्षिक विकास कार्यक्रममा स्पष्ट ठेगानासहित उपक्रियाकलापहरुमा बण्डासी गरी आएको छ, जस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय,भौतिक पूर्वाधार विकास मन्त्रालयवाट जिल्लागत सयौ योजनाहरु वार्षिक विकास कार्यक्रममा समेटी वार्षिक क्रियाकलापहरु उल्लेख भईआएका कारण पारित गरेका हौं ।’

Vianet communication
Laxmi Bank

उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राखिएको रोजगारमूलक विशेष पूर्वाधार कार्यक्रमलाई रोजगारमूलक भन्ने शव्दलाई हटाई भौतिक पुर्वाधार मन्त्रालयको कार्यक्रममा उल्लेख गरी जिल्लामा रहेका भौतिक पुर्वाधार कार्यालय मार्फत सत्र्चालन हुने गरी प्रदेश निर्वाचन क्षेत्रवाइज स्पष्ट तोकी आएको कारण आफूहरु बजेट पास गर्न तयार रहेको बताए ।

‘सरकारले हाम्रो कुरा सुन्यो । हामी सत्तापक्ष र विपक्ष भन्दैनौं । हाम्रो चाहना कर्णाली बनाउने हो,’ उनले भने, ‘कर्णालीको विकासका लागि हामी सरकारको सल्लाहकार हौं । हामी अरु जस्तो राजनीति गर्दैनौं ।’

कर्णाली प्रदेश सरकारबाट स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण, शसर्त, विशेष र समपुरक अनुदानवाट सञ्चालन हुने योजनाहरुलाई शिर्षकवाइज स्पष्ट पारी आर्थिक मामिला मन्त्रालयबाट वार्षिक विकास कार्यक्रम ल्याइएको र प्रत्येक कार्यक्रमहरुको खर्च श्रोत जस्तै संघ वैदेशिक  अनुदान र प्रदेश सरकार उल्लेख गरी वार्षिक विकास कार्यक्रम आएको भएकाले चालू भैपरी शिर्षकमा रहेको अबण्डा बजेटलाई विद्दुतिकरण आयोजनाहरुको नाम किटान गरी आएको बताउँदै नेता शाहीले सरकारलाई धन्यवादसमेत दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x