सप्तकोसीमा पानीको बहाब उच्च भएपछि ३६ वटा ढोका खाेलिए

लगातारकाे वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाब उच्च भएपछि ५६ मध्ये ३६ वटा ढोका (फाटक) खोलिएको छ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार २ लाख ६० हजार क्यूेक पानीको बहाब मापन गरिएको छ। याे बहाब वर्षकै सबैभन्दा उच्च हाे ।


Advertisement

पहाडमा लगातरा वर्षा भइरहेपछि कोशीमा पानीको बहाव बढेको स्थानीय प्रशासनले जनाएकाे छ।

सप्तकाेसीमा पानीको बहाव बढ्दै गएपछि त्यस क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। ध 


Advertisement

सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सप्तरी र सुनसरी सीमा छुट्याउने कोशी नदीमा पानीको बहाव बढ्दै गइरहेको बताए।   

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्