देशबासीको नाममा प्रधानमन्त्रीको सम्बाेधन - पार्टीभित्रको बहस नेताहरूले आपसी छलफलबाटै सुल्झाउने छन्

फाइल फोटो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको बहस सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने बताएका छन्।

शुक्रवार राति नेपाल टेलिभिजनबाट देशवासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले यसका लागि धैर्यता र संयम आवश्यक रहेको बताएका हुन ।


Advertisement

 उनले जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक भएकाले त्यसलाई निष्कर्षमा पु¥याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै रहेको बताए।

पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया रहेको उल्लेख गर्दै ओलीले यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने बताए। 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्