वाग्मती प्रदेशसभाको बैठक साउन २ गते बस्ने

वाग्मती प्रदेशसभाको बैठक साउन २९ गते बस्दैछ । 

यसअघि असार २९ गते बस्ने भनिएको बैठक विशेष कारणले स्थगित गरी साउन २ गतेका लागि सारिएको प्रदेशसभाका प्रवक्ता विनोद अमात्यले जानकारी दिए।


Advertisement

प्रदेश सरकारले यही असार १९ गते आर्थिक वर्ष २०७७÷७८ का लागि विनियोजित बजेट र आर्थिक विधेयक प्रस्तुत भई पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक साउन २ गते दिनको २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

बैठकमा विभिन्न चार वटा विधेयक पूर्ण छलफलका लागि प्रस्ताव टेबुल हुने प्रदेशसभा सचिवालयका प्रवक्ता अमात्यले जानकारी दिए।


Advertisement

कमेन्ट गर्नुहोस्