×

NMB BANK
NIC ASIA

पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ

असार २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ भएको छ ।

Muktinath Bank

प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा शुक्रबार बिहान पहिरो गएको ठाउँमा उद्धार र खोजीमा ढिलाइ भएको हो । सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले आज बिहानसम्म सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न सकेका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेनी, दरवाङ र ताकमबाट गएको सेना, प्रहरी, सशस्त्र प्रहरी र स्वमंसेवकको टोली बाटो नभएर सम्बन्धित ठाउँमा पुग्न नसकेका हुन् । मराङको कल्लेनीको पहिरोमा ताकम प्रहरी चौकीको टोली शुक्रबार दिउँसो पुगेको थियो । प्रहरीसहित उद्धारका लागि कल्लेनी हुँदै मराङ जान हिँडेका धारापानीका किरन थापाले गोरेटो र घोरेटो बाटो नभएकाले सम्बन्धित ठाउँमा पुग्न नसकेको बताउनुभयो । मराङका वडाध्यक्ष राजाराम सुवेदीले जनप्रतिनिधि, स्थानीयवासी, युवा क्लब र आमा समूहका प्रतिनिधिले पहिरोमा फसेकाको उद्धार र बेपत्ताको खोजी गरिरहेको बताए। 


Advertisment
Nabil box
Kumari

चारैतिर पहिरोले घेरिएको कल्लेनीका ५० जनाभन्दा बढीलाई गाउँपालिकाको अगुवाइमा उद्धार गरेर धारापानी र ताकम लगिएको छ । घण्टीवाङका पहिरोपीडित १३ परिवार आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा आएर बसेका छन् । 

Vianet communication
Laxmi Bank

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले स्थलमार्गबाट जान सम्भव नभएपछि सेनाको हेलिकप्टरबाट सुरक्षाकर्मीलाई पहिरो प्रभावित ठाउँमा पु¥याउने तयारी भएको बताउनुभयो । शुक्रबार दुई पटक गएको हेलिकप्टर मौसमको खराबीका कारण भिजिबिलिटी नभएर फिर्ता भएको थियो । 

दरवाङ पुगेको सुरक्षाकर्मीको टोली स्थलमार्ग र अर्थुङे ब्यारेकबाट आज बिहान हेलिबाट सुरक्षाकर्मी पठाउन लागिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको टोली पहिरो प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ । 

गए राति वर्षा नभएको र बिहानसम्म बादल लागेको स्थानीयवासीले बताएका छन् । पहिरोमा पुरिएर मराङको कल्लेनीमा तीन, राम्चेमा १०, रिखमा सात, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका थिए । कल्लेनीका १८ वर्षीय प्रकाश केसी र ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव भेटिएको स्थानीयले जानकारी गराएका वडाध्यक्ष सुवेदीले बताए। 

बिमको तल्लोगाउँका पाँच, दुलेका दुई र नौरुका एक जनाको खोजी भइरहेको छ । रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको लापु खोलाले बगाएर ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ को दुखु खोलाले बगाएर स्थानीय ४० वर्षीय गीता रोकालाई बेपत्ता बनाएको छ । खोला तर्ने क्रममा बेपत्ता भएकी रोकाको खोजी जारी छ । 

पहिरो र बाढीले धौलागिरि र मालिका गाउँपालिका जोड्ने दाङखोलाको अस्थायी मोटरेबल पुल, बेनी–जोमसोम सडकको राहुघाट बेलिब्रिज, बिमको शिवरात्रिस्थित ट्रस पुल बगाएको छ । ताकम स्वास्थ्यचौकीको पुरानो भवन, मङ्गलाघाट प्रहरी बिटको भवन, नौमानेको शिव आधारभूत र ताकम माविको भवन भत्किएको छ । रघुगङ्गा–३ राहुघाटका करिब २५ घर विस्थापित भएका छन् । राहुघाटमा पाइप बगाएपछि सदरमुकाम बेनी बजारमा पुम्दीखोलाको पानी आपूर्ति बन्द भएको छ । यसैगरी सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र जोड्ने सबै सडक र पश्चिमी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।  सन्तोष गौतम,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x