×

NMB BANK
NIC ASIA

चाँगुनारायण नगरपालिकाले भवन बनाउने

असार २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चाँगुनारायण नगरपालिकाले सातौं नगर सभाद्वारा पारित आर्थिक वर्ष २०७७/७८ को नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

नगरपालिकाले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख सोमप्रसाद मिश्र र उपप्रमुख बिना बाँस्तोलाले पुस्तिका सार्वजनिक गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७६/७७ मा चाँगुनारायण नगरपालिकाले ५० करोड रुपैयाँ लागतमा सुविधासम्पन्न आफ्नै भवन निर्माण गर्ने भएको छ । वडा नम्बर ५ घुमाउनेमा रहेको सार्वजनिक जग्गामा नगरपालिकाको भवन निर्माण शुरू गर्ने भएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ८ का वडाध्यक्ष परासर सापकोटाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

नगरपालिकाले सबै वडा जोड्ने फास्ट ट्रयाक, नयाँ सडकको ट्रयाक निर्माण, मुख्य सडकमा बत्तीको व्यवस्था गरी उज्यालो नगर बनाइने, सार्वजनिक जग्गा संरक्षण तथा वनपधेँरी बाँस्तोला गाउँमा झोलुङ्गे पुल, पर्यटन र सिँचाइका लागि बोजिनी ड्याम, चाँगुनारायण मन्दिरमा हजार सिँढी, भँगेरीडाँडामा अन्तर्राष्ट्रिय रंगशाला र एक वडा एक खेलमैदान निर्माण गरिने भएको छ । 

Vianet communication
Laxmi Bank

विदेशबाट फर्किएका र बेरोजगार रहेका युवावर्गलाई लक्षित गरी नगरपालिकाले ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन गर्दै शून्य प्रतिशत ब्याजमा ऋण प्रवाह गर्ने भएको छ । ‘चाँगुनारायण उद्यमशीलता कोष’ खडा गरी ऋणका ब्याज नगरपालिकाले नै तिरिदिने गरी स्वरोजगार प्रवद्र्धन गर्ने भएको हो ।

नगरपालिकालाई विषादीमुक्त खाद्यवस्तुमा आत्मनिर्भर बनाउने, नगरस्तरीय शीतभण्डार निर्माण गर्ने, प्रत्येक वडामा कृषि उपज केन्द्र स्थापना गरिने, रोजगारमूलक कृषिमा अनुदान प्रदान गर्ने, खेतीमा जैविक मलको प्रयोग बढाउने, हरित चाँगुनारायणका लागि घरघरमा अनिवार्य फलफूलका बिरुवा रोप्ने कार्यक्रम शुरू गरिने भएको छ ।

सामुदायिक विद्यालयमा छात्राको शिक्षा र सुरक्षित भविष्य निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकाले ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम लागू गर्ने भएको छ । नगर प्रमुख मिश्रले यसबारेमा जानकारी दिँदै भने, ‘चाँगुका प्रत्येक छोरी अब कम्तीमा कक्षा १२ सम्म पढ्छिन्, छोरीले बीचमै स्कूल छाड्ने क्रम अब रोकिन्छ, यो रकमले छोरीको उच्च शिक्षासम्मको पहुँच वृद्धि हुन्छ, छोरीको विवाह २० वर्षपछि मात्रै हुन्छ, जसले बालविवाह रोक्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x