सिङ्गापुरमा सत्तारुढ दल नै विजयी, विपक्षी दललाई १० सिट मात्रै

सिङ्गापुरमा शुक्रबार भएको आम निर्वाचनबाट पनि सत्तारुढ दल नै विजयी भएको छ ।

सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पिएपी) ले नै निर्वाचन मार्फत् फेरी सत्ता सञ्चालनको जनादेश पाएको हो ।  


Advertisement

कुल खसेको मत मध्ये ९० प्रतिशतसम्मको नतिजा आउँदा ९३ सिटमध्ये विपक्षी दल वकर्स पार्टी (डब्लुपी)ले १० मात्रै सिटमा जित्न सफल भएको छ । 

निर्वाचनको नतिजा औपचारिक रुपमा घोषणा भएपछि सत्तारुढ दलले फेरी सरकार गठनका लागि गृहकार्य गर्ने साउथ चाइना मर्निङ्ग पोष्टले लेखेको छ ।  
 
अहिले सत्तामा रहेको दल सन् १९५९ देखि सत्तामा रहदै आएको छ । अहिले भएको निर्वाचनमा कुल मतदातामध्ये ६१.२४ प्रतिशत मात्रै मतदाता सहभागी भएका थिए ।  


Advertisement

आफ्नो पक्षमा निर्वाचनको नतिजा आएपछि प्रधानमन्त्री लि हसिन लुङ्गले नतिजालाई सकारात्मक र सन्तोषजनक रुपमा लिएको बताउनुभएको छ । 

यसलाई अति ठूलो उपलब्धिको रुपमा लिनुपर्ने अवस्था नरहेको यो अनपेक्षित नतिजा नभउकोे उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “अहिले जुन मत हाम्रो पक्षमा आएको छ, त्यो एकदमै बलियो मतादेश हैन, मैले त्योभन्दा धेरै आउला भन्ने आशा गरेको थिए, तर पनि राम्रो चाहिं भएको छ ।”

उहाँले आफ्नो पक्षमा आएको ६१ प्रतिशत मत लोकप्रिय मत नै भएको र यसको पूर्ण आदर गर्ने पनि बताउनुभयो ।

सत्तारुढ दल पिएपीले यसअघि सन् २०१५ मा ६९.९ प्रतिशत मत ल्याएकोमा अहिले ८.७ प्रतिशत घटेर ६१.२४ प्रतिशत मात्रै ल्याएको हो ।

मतदानका लागि सामाजिक दुरी कायम राखेर मतदान गर्ने व्यवस्था गरिएको थियो भने कोरानाभाइरसका लागि अपनाउनु पर्ने अन्य सतर्कताहरु अपनाउन पनि लगाइएको थियो ।  

देशभरी मतदानका लागि यसअघि ८८० मतदान केन्द्रहरु रहेकोमा यस पटक बढाएर ११ सय पु¥याइएको थियो ।  

कमेन्ट गर्नुहोस्