कात्तिक २८, २०८०
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
कैलालीको कैलारी गाउँपालिका–६ बेनौली गाउँस्थित विभिन्न टोलमा असार २२ गतेदेखि २५ गतेसम्म हरडहुवाको उल्लास थियो ।
स्थानीयले खेतीपातीमा गरिएको कष्टपछि आपसमा मिठो मसिनो खाएर सामूहिक रुपमा रमाइलो गरे ।
यतिबेला मानव समुदायमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को त्रासलाई भुल्दै हरडहुवा अर्थात् रोपाइ सकेपछि मनाइने पर्व धुमधामले मनाइएको छ ।
हरडहुवाको रौनकता बेनौली गाउँ र कैलारी गाउँपालिकामा मात्रै सीमित छैन । यतिबेला कैलाली र कञ्चनपुर जिल्लाको विभिन्न गाउँमा रौनक छाएको छ ।
तराईका आदिवासी डंगौरा थारु, रानाथारु, कठरिया थारु बस्तीमा हरडहुवा, निमौनी र हरधोवाको निकै रौनक थपिएको छ । बेनौलीका स्थानीय युवा अरविन चौधरी भन्छन्, ‘कोरोना महामारीको त्रास त छँदैछ तर त्रास छ भन्दैमा हात बाँधेर त हुँदैन । त्रासकैबीच रोपाइ पनि सकायौं । हाल रोपाइपछि गाउँमै सामूहिक हरडहुवा मनायौं । लाग्छ, गाउँको अवस्था पहिलेकै अवस्थामा फर्किंदैछ ।’
कैलारी गाउँपालिका–६ खरेट्टीका स्थानीय खगेन्द्र चौधरी पनि गाउँघरमा कोरोना त्रास क्रमशः हराउँदै गएको बताउँछन् । उनी अगाडि थप्छन्, ‘सञ्चारमाध्यममा कोरोनाको समाचार सुनेपछि केही डर लाग्थ्यो तर अब त सामान्य लाग्छ । हरडहुवाको रौनकले त झनै गाउँघर पुरानै अवस्थामा फर्किएको भान हुन्छ ।’
बेनौलीका अरविन चौधरीले कोरोनाबाट जोगिन केही सावधानीका साथ हरेक गतिविधि गाउँघरमा हुँदै आएको बताए । हरडहुवा पर्वको अवसरमा चेलीबेटी तथा ईष्टमित्रलाई घरमा आमन्त्रण गरी आपसमा खुशीयाली साटासाट गरिने प्रचलन रहि आएको छ । जसको आफ्नै मौलिक विशेषता रहेको बताइन्छ ।
थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीका अनुसार हरडहुवा तथा हरधोवाको शाब्दिक अर्थ हर अर्थात् हलो धुनु हो । जुन पर्वमा बंगुर र खसी सामूहिक रुपमा काटेर खानपान गरी रमाउने प्रचलन रहिआएको छ तर बस्तीपिच्छे हरडहुवा फरक–फरक तिथिमा मनाउने गरिएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका–१० नुक्लीपुरका बर्का गुरुवा (थारु जातिका पुरोहित) कालुराम चौधरीले पनि थारु समुदायमा हरडहुवाको आफ्नै बिशेषता रहेको बताए । उनले रोपाइको क्रममा जानी–नजानी कीरा फट्यांग्रा, सर्प, भ्यागुतालगायत जीवहरू मार्ने काम हुने हुँदा पापबाट मुक्तिको लागि पनि हर जुवाको पूजा गर्ने र खानपान गरी हरडहुवा मनाउने चलन रहिआएको बताए ।
कैलालीको टीकापुरमा बस्दै आएकी भजनी नगरपालिका–३ कन्हैयापुरकी आरती चौधरी पनि आफ्नी साथीको घरमा गएर हरडहुवा मनाएको बताइन् । कैलाली जिल्लासँगै कञ्चनपुर र बर्दिया जिल्लामा पनि हरडहुवा मनाउन थालिएको छ । कञ्चनपुरबाट पत्रकारिता गर्दै आएका पुनर्वास नगरपालिका–२ अम्रैयाका जुद्ध चौधरीले कञ्चनपुरका विभिन्न बस्तीमा चाडपर्वको उल्लास थपिँदै आएको बताए ।
‘महामारीको प्रभावका कारण मानिसहरू केही हदसम्म संकोच मान्छन् तर धेरै भीडभाड तथा टाढाका इष्टमित्रलाई कम आमन्त्रण गर्नेलगायत केही सावधानी अपनाउँदै निधक्कसँग पर्व मनाइरहेका छन्,’ उनले थपे ।
‘रोग घण्टी बजाएर आउँदैन, सावधानी जरुरी’
हरडहुवा मात्रै होइन, कुनै पनि चाडपर्व मनाउँदा सावधानी अपनाउन आग्रह गरिएको छ । थारु नागरिक समाजका संयोजक चौधरीले कुनै पनि समुदायले चाडपर्व मनाउन पाउनु मौलिक हक भए पनि समयसापेक्ष तथा सावधानीका साथ मनाउन आग्रह गरे ।
चिकित्सकहरूले पनि सावधानी विना कुनै पनि सामाजिक गतिविधि नगर्न आग्रह गरेका छन् । कोरोना भाइरस सामुदायिक स्तरमा प्रवेश गरेकाले विशेष सतर्कता अपनाएर मात्रै पर्व मनाउन चिकित्सकले सुझाव दिए । सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. शेरबहादुर कमरले कुनै पनि रोग घण्टी बजाएर नआउने बताउँदै कुनै पनि मानवीय गतिविधिमा आपसमा दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, समय–समयमा हात धुने लगायत सरसफाइमा ध्यान दिएर मात्रै पर्व मनाउनुपर्ने बताए ।
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...