×

NMB BANK
NIC ASIA

बुटवलमा प्रधान कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले अधिकृत पुँजी १० करोड रुपैयाँबाट वृद्धि गरी ५० करोड पुर्‍याउने प्रस्ताव गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

संस्थाको शनिवार बुटवलमा भएको ९ औं वार्षिक साधारण सभाले अधिकृत पुँजी ५० करोड बनाउने प्रस्ताव पारित गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ६ करोड ३३ लाख ६० हजारको १.३२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको छ । 


Advertisment
Nabil box
Kumari

हाल कायम रहेको चुक्ता पुँजीमा २५ प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात कायम हुने ७ करोड ९२ लाखको १ कित्ता बराबर २ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने सर्वसम्मत निर्णय भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत/कम्पनी सचिव श्रीराम पोख्रेलले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

साधारण सभाको उद्घाटन सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष विश्वकर्माले संस्थालाई कोभिडको कठिन घडीमा पनि सफलतापूर्वक अगाडि बढाउन अल्पकालीन तथा दीर्घकालीन रणनीतिहरू तयार पारी संस्थालाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

साधारणसभा उद्घाटन सत्रमा संस्थाका परिकल्पनाकार डा. मानबहादुर विकले विश्वव्यापी रुपमा देखापरेको कोराना भाइरसले विभिन्न खालका चुनौतीहरू खडा गरेकाले नयाँ प्रविधिहरूको प्रयोगमार्फत विद्युतीय कारोबारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

सञ्चालक रेवन्तबहादुर विश्वकर्माले लघुवित्तले समुदायस्तरमा आर्थिक रुपमा विपन्न र पछाडि पारिएका वर्गको उत्थानका लागि काम गरेको बताउँदै कोरोनासँगै परिमार्जित रुपमा लगानी गर्नुपर्ने बताए ।

संस्थाका पूर्व अध्यक्ष यमबहादुर विके, पूर्व सञ्चालक डा. मेगबहादुर विश्वकर्मा, माधवप्रसाद नेपाल, संस्थापक शंकरप्रसाद पौडेल, यज्ञविक्रम शाही, भीम कुँवर, नरबहादुर विश्वकर्मा (जर्ज इभरेस्ट), सिताराम रसाली, जोगलाल विश्वकर्मा, सर्वसाधारण शेयरधनीको तर्फबाट पशुपति पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैबीच भौतिक दूरी र भर्चुअल रुपमा गरिएको साधारण सभाले संस्थापक तथा सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचनमा क्रमशः बाबुराम विश्वकर्मा, रेवन्तबहादुर विश्वकर्मा, मानबहादुर विश्वकर्मा, गोकर्णबहादुर कार्की क्षेत्री र नरेन्द्र कँडेल निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सञ्चालकलाई निर्वाचन अधिकृत अधिवक्ता पदमबहादुर कार्कीले शपथ गराउँदै प्रमाणपत्र वितरण गरेका थिए । साधारणसभा सम्पन्न भएपश्चात बसेको सञ्चालक समितिको बैठकले बाबुराम विश्वकर्मालाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।

लघुवित्तका पूर्वको पर्सादेखि पश्चिमको कञ्चनपुरसम्म तराईका ११ वटा जिल्लाहरू र सोही जिल्लासँग जोडिएका पहाडका ८ वटा जिल्ला गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालय छन् । सोही अवसरमा एसएमएस अलर्ट सिस्टमको समेत शुभारम्भ गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x