×

NMB BANK
NIC ASIA

वैदेशिक रोजगार : नौ महिनामा ५४ करोड ठगी

असार २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छैन। ठगी गर्नेमा दलालभन्दा म्यानपावर व्यवसायी अत्यधिक छन्।

Muktinath Bank

वैदेशिक रोजगार विभागका अनुसार म्यानपावर व्यवसायी (संस्थागत) तर्फ २९ करोड २६ लाख ४४ हजार रुपैयाँ ठगी भएको छ। दलाल (व्यक्तिगत) तर्फ २४ करोड २२ लाख २३ हजार रुपैयाँ ठगी भएको छ। एक हजार दुई सय ४१ जनाले विभिन्न बहानामा म्यानपावर तथा व्यक्तिगत रूपमा ठगी भएको भन्दै विभागमा उजुरी दिएका हुन्। यसमध्ये म्यानपावरतर्फ नौ सय चार वटा र व्यक्तिगततर्फ तीन सय ३७ वटा उजुरी परेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्षको चैतसम्म दर्ता भएको तीन सय ३७ उजुरीसहित विगतदेखि थाती रहेका एक हजार एक सय ९२ जनाको ८० करोड ३६ लाख ६२ हजार आठ सय ९० रुपैयाँ ठगी भएको छ। यसमध्ये यो वर्ष उजुरी परेका एक सय ८७ जनाको १८ करोड ७७ लाख बिगोसहित विगतदेखि थाती रहेका तीन सय ९६ जनाको ४१ करोड ३४ लाख अदालतमा बिगो दावी गरिएको छ। संस्थागत रूपमा भएका ठगी छिटो छिनोफानो हुने गरी व्यक्तिगत ठगीका उजुरीमा समयमै सुनुवाई हुन नसक्दा कामदार मारमा परेका छन्।


Advertisment
Nabil box
Kumari

सरकारले घोषणा गरेको फ्री भिसा, फ्री टिकट कार्यान्वयन गर्नुपर्ने म्यानपावर व्यवसायीले कामदारमाथि खुलेआम ठगी गर्दै आएका छन्। सरकारले सेवाशुल्क १० हजारभन्दा बढी लिन नपाउने नियम बनाए पनि म्यानपावर व्यवसायीले त्यसको २० गुणाभन्दा बढी रकम असुल्दै आएका छन्। दुई लाख ५० हजारभन्दा बढी रकम असुल्दा पनि सरकारले ठगी रोक्न कुनै कदम चाल्न सकेको छैन।

Vianet communication
Laxmi Bank

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उजुरी गर्ने सचेत नागरिक भएको बताए। सरकारले १० हजारभन्दा बढी लिन नपाइने व्यवस्था गरे पनि व्यवसायीले ४०÷५० हजार मात्रै लिने भेटाउन पनि मुश्किल हुने गरेको उनको भनाइ छ। ‘बढी शुल्क लिने व्यवसायी कानुनी दायरामा आउँछन््’ उनले भने। उजुरीका आधारमा विभागले आकस्मिक नियमन गर्दै आएको छ।

विभागले ठगीको अनुसन्धान र अभियोजन आफै गर्छ। व्यक्तिगततर्फका उजुरी वैदेशिक रोजगार न्यायाधिकरणमा पठाइन्छ भने संस्थागत उजुरी दुई पक्ष सम्झौता गराएर पीडितलाई न्याय दिन्छ। विभागले प्रभावकारी अनुसन्धान नगर्दा न्याय पाउन समस्या हुने गरेको पीडितको गुनासो छ।

विभागका अनुसार चैत महिनामा संस्थागततर्फ २५ जनाको ५५ लाख ४० हजार र व्यक्तिगततर्फ १४ जनाको एक करोड २४ लाख ९५ हजार ठगी भएको उजुरी परेको छ। फागुन महिनामा संस्थागतरूपमा ५४ जनाको एक करोड ७८ लाख एक हजार ४५ रुपैयाँ ठगी भएको छ भने व्यक्तिगततर्फ एक करोड ६१ लाख ५ हजार तीन सय १५ रुपैयाँ ठगी भएको उजुरी परेको थियो।

विभागका अनुसार माघमा ७७ जनाको दुई करोड ८९ लाख ४८ हजार संस्थागत र व्यक्तिगततर्फ ४४ जनाको तीन करोड ९० लाख ३१ हजार ठगी भएको छ। पुसमा म्यानपावरले चार करोड ६१ लाख ८० हजार रुपैयाँ ठगी भएको भन्दै एक सय सात वटा उजुरी परेको थियो। व्यक्तिगततर्फ एक करोड ९२ लाख ९५ हजार ठगी भएको भन्दै ३७ वटा उजुरी दिएका छन्। मंसिरमा एक सय ३९ उजुरीमा पाँच करोड ५२ लाख रुपैयाँ संस्थागत र व्यक्तिगततर्फ ३४ वटा उजुरीमा एक करोड ८७ लाख रुपैयाँ ठगी भएको छ।

कात्तिक महिनमा म्याननपावरले तीन करोड ७ लाख ९५ हजार रुपैयाँ ठगी गरेको भन्दै एक सय एक वटा उजुरी दिएका छन्। व्यक्तिगततर्फ ४१ वटा उजुरीमा तीन करोड ५० लाख रुपैयाँ ठगी भएको दावी गरिएको छ। असोजमा म्यानापवरले दुई करोड २८ लाख ९५ हजार रुपैयाँ ठगी गरेको भन्दै २५ वटा उजुरी परेको छ। त्यस्तै भदौमा एक सय ६७ उजुरीमा पाँच करोड १२ लाख ६२ हजार रुपैयाँ संस्थागत र ४८ व्यक्तिगत ठगीमा तीन करोड १८ लाख ४७ हजार रुपैयाँ ठगी भएको उजुरीमा छ। साउनमा संस्थागततर्फ एक सय ४६ जनाले तीन करोड ५३ लाख ८८ हजार र व्यक्तिगततर्फ पाँच करोड ४५ लाख २६ हजार चार सय रुपैयाँ ठगी भएको थियो।

अनुसन्धानकर्ता रामेश्वर नेपालका अनुसार वैदेशिक रोजगारीमा जाने ९० प्रतिशतभन्दा बढी कामदार ठगिने गरेका छन्। वैदेशिक रोजगारीका नाममा मानव तस्करी मौलाएको राष्ट्रिय मानव अधिकार आयोगले गत असारमा प्रतिवेदन सार्वजनिक गरेको थियो। अनुसनधानकर्ता नेपालका अनुसार ठगी रोख्न कामदार सजग हुनुपर्ने बताउँछन्। ‘ठगी रोक्न सरकारले एक्सन लिनै पर्छ’, उनले भने, ‘नियमन प्रभावकारी बनाउन सके मात्र ठगी रोकिन्छ।’ अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले खबर लेखेका छन्  ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x