×

NMB BANK
NIC ASIA

प्रचण्डको प्रश्न– स्थायी कमिटीबाट नक्सा प्रकाशित गर्ने निर्णय गराउनु लम्पसारवाद हो ?

असार २८, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यतिबेला पार्टीभित्रै राष्ट्रघात र राष्ट्रवादको कित्ता छुट्ट्याइएकोमा आपत्ति जनाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

आइतवार चितवन जिल्ला पार्टीद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले नेपालको अद्यावधिक नक्सा प्रकाशन गर्न र संवैधानिक मान्यता दिलाउन आफू लागिपरेको स्मरण गर्दै के त्यो लम्पसारवाद थियो भनेर प्रश्न गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'हामी मिलेरै नाकाबन्दीको सामना गरेका हौँ, नक्सा प्रकाशित गरेका हौँ,' प्रचण्डले भने, 'स्थायी कमिटी बैठकमा सरकार र सरकारको नेतृत्वकर्ता केपी ओलीलाई सबैले धन्यवाद दिएकै हो । के अब मुर्दावाद र जिन्दावादको कुरा गर्न जरुरी छ ? सबैलाई विनम्रतापूर्वक आग्रह छ, पार्टीलाई एकताबद्ध राखिन्छ । सबैले एकता जिन्दावादको नारा लगाऊँ ।' 


Advertisment
Nabil box
Kumari

उनले गत साल मङ्सिरमा बसेको स्थायी कमिटीको बैठकमा तुरुन्त नक्सा प्रकाशित गर्नुपर्छ भनेर स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको स्मरण गर्दै प्रश्न गरे, 'के त्यो लम्पसारवाद थियो ? केन्द्रीय कमिटीको बैठकबाट ढिलो नगरी नक्सा प्रकाशित गर्नुपर्छ र जरुरी पर्छ भने संवैधानिक व्यवस्था पनि गर्नुपर्छ भनेर मैले भनें र निर्देशन दिइयो, के त्यो लम्पसारवाद हो ?' 

Vianet communication
Laxmi Bank

उनले सच्चाइ के हो सबैले आफ्नो छातिमा हात राखेर भन्न सक्नुपर्ने बताए ।

'सच्चाइ के हो भन्ने हामीले छातिमा हात राखेर भन्नुपर्छ,' उनले भने, 'एउटा गएर केपीलाई प्रचण्डलाई छोड्न हुन्न भन्ने र अर्कोले प्रचण्डलाई आएर केपीलाई छोड्न हुन्न भन्ने प्रवृत्तिका विरुद्धमा लड्नुपर्छ । यो पार्टीलाई एकतावद्ध राख्नु नै छ ।'

उनले विगतमा केपी ओलीको सरकारले चीनसँग ट्रेड एग्रीमेन्ट गरेको र आफ्नो नेतृत्वको सरकारले बीआरआई सम्झौता गरेको स्मरणसमेत गरे । 'त्यतिबेला तत्कालीन एमाले र माओवादीबीच ठूलै द्वन्द्व भएजस्तो देखिन्थ्यो तर पनि मेरो र ओलीको बीचमा खुलेर कुरा हुन्थ्यो,' उनले भने, 'ओली प्रधानमन्त्री हुँदा ट्रेड एग्रीमेन्ट भयो, म हुँदा बीआरआई सम्झौता भयो ।'

उनले आफूले मधेशवादी दलहरूलाई पनि इन्गेज गराएर निर्वाचनको माहोल तयार गरेको बताए । 

'निर्वाचन हुन्छ त भन्ने थियो तर प्रशस्त शंकाहरू थिए,' उनले भने, 'मैले मधेशलाई पनि इन्गेज गराएर निर्वाचनमा गएँ । निर्वाचन प्रक्रिया शुरू भयो, असाध्यै ठूलो संकटबाट देश पार लाग्यो । मेरो सरकार हुँदा लोडसेडिङ अन्त्य भयो, त्यो लम्पसारवाद थियो त ?'

उनले गत मङ्सिर ४ गते आफू पार्टीको कार्यकारी अध्यक्ष हुने सम्झौता भएको तर त्यो राम्रोसँग लागू नभएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x