जसपाले पायो एकिकरणको प्रमाणपत्र, बन्यो संसदको तेस्रो ठूलो दल

तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकता भएर बनेको जनता समाजवादी पार्टी (जसपा)लाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेको छ । 

आयोगले जसपालाई आइतवार एकिकरर्णाको प्रमाणपत्र उपलव्ध गराएको छ । दुई दलले पार्टी एकताको औपचारिक निर्णय गर्दै वैशाख १२ गते एकिकरणका लागि आयोगमा निवेदन दर्ता गराएका थिए ।


Advertisement

आयोगले एकिकरणको प्रमाणपत्र दिएपछि अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति प्रकाशित गरी संघीयता, अग्रगमन र पहिचान पक्षधरलाई एक हुन अपील गरेका छन् ।

दल एकीकरणको औपचारिकता पछि जसपा संसदको तेस्रो दल बनेको छ । संघीय संसदमा उसका ३५ सदस्य छन् ।


Advertisement


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्