×

NMB BANK
NIC ASIA

डिजिटल बैंकको अवधारणामा नबिल बैंक, 'नबिल डिजी बैंक' स्थापनाको घोषणा

असार २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नबिल बैंकले, नबिल बैंक भित्रको डिजिटल बैंकको अवधारणामा, 'नबिल डिजीबैंक' स्थापनाको घोषणा गरेको छ ।

Muktinath Bank

बैंकले ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा मिडियासँगको एक अनलाइन अन्तरक्रिया कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो । बैंकले नबिल डिजीबैंक ग्राहकवर्गले आफुले चाहेको समय, ठाउँ र सुविधा अनुसार बैंकिङ
सेवा उपभोग गर्न पाउने गरि बैंकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल शाहले नबिल डिजी बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताए । उनले अबका दिनहरुमा सूचना प्रविधिमा आधारित
रणनीतिबाट बैंकको रुपान्तरण गर्दै डिजिटल सेवाहरु मार्फत अनुपम ग्राहक अनुभवहरु सिर्जना गर्दै जाने लक्ष्य राखेको जानकारी गराए ।


Advertisment
Nabil box
Kumari

रुपान्तरणको प्रकृयामा बैंकले बैकिङ क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गर्दै आएको भारतको आइ.सि.आइ.सि.आइ बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था ह्वावे टेक्नोलोजीसँग रणनीतिक साझेदारी आरम्भ गरिसकेको बताए ।

Vianet communication
Laxmi Bank

 शाहले बैंकका नायब महाप्रबन्धक श्री विनय कुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजीबैंक नबिल बैंकको स्थाई संरचना इकाइ रहेको र बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रकृयाको अपरिहार्य प्रस्थान विन्दु
भएको प्रष्ट पारे ।

साथै यसले नेपालको आर्थिक सेवा क्षेत्रमा प्रविधिमा आधारित क्रान्तिमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता सेवाहरुले लाखौं ग्राहकवर्गलाई केही सुविधा दिइरहेको परिप्रेक्ष्यमा नबिल डिजीबैंकले ग्राहकवर्गलाई उत्कृष्ठ सेवा अनुभव प्रदान गर्न अब उपरान्त डिजिटल रणनीति तथा कार्यक्रमहरु मार्फत पारस्परिक बैंकिङ पद्धतिलाई चुनौति दिँदै ग्राहक वर्ग, फिन्टेक लगायत अन्य पक्षसँगको सहकार्यमा आर्थिक इकोसिस्टममा आधारित बैंकिङ तथा आर्थिक सेवाको प्रयोग गर्ने अठोट व्यक्त गरे ।

कार्यक्रममा विषेश अतिथिको रुपमा बोल्दै ह्वावै टेक्नोलोजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ शुगेनले  नबिल बैंकलाई ३६ वर्षको गौरवमय इतिहास रच्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे र ह्वावैले सूचना प्रविधिमा हासिल गरेको उपलब्धिलाई बैंकको रुपान्तरणको प्रकृयामा प्रयोग गरि सहयोगी भूमिका निवार्ह गर्ने वचन व्यक्त गरे ।

कार्यक्रमलाई अघि बढाउँदै नबिल डिजीबैंकका प्रमुख विनय कुमार रेग्मीले टीम नबिलको उत्पादकत्व तथा दक्षता अभिवृद्धि गर्दै ग्राहकवर्गको जीवन यात्रालाई आथिर्क सेवाहरु मार्फत सशक्त तथा सुविधायुक्त बनाउन गरिने प्रयासहरुबारे प्रकाश पारे ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x