प्रदेश ५ मा फेरि भित्रियो सलहको झुण्ड

दाङ, प्युठान र अर्घाखाँचीमा सतर्कता अपनाउन आग्रह

सलह कीराको नयाँ झुण्ड फेरि नेपाल प्रवेश गरेको छ। 

भारतको उत्तर प्रदेश हुँदै आइतबार बिहान प्रदेश पाँचको दाङमा गडवा गाउँपालिकामा सलहको नयाँ झुण्ड देखिएको हो। 


Advertisement

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले दाङमा फेरि सलह नयाँ झुण्ड देखिएको पुष्टि गरे। यस अगाडि असार १३ गते रुपन्देहीमा सहल देखिएको थियो। सलहलाई अनुकूल मौषम नभएपछि झुन्ड मरेको थियो। 

घुण्ड कति ठूलो संख्या छ भन्ने एकिन नभएको घिमिरेले बता । ‘बिहान दाङका राप्ती र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकैबालीमा नयाँ सलह किरा देखापरेको छ। अन्य विवरण संकलनको काम भईरहेको छ,’ मन्त्रालयका कृषि निर्देशक यामनारायण देवकोटाले भने। उनले अर्घाखाँची र प्यूठानमा सतर्कता अपनाउन आग्रह गरिएको बताए।


Advertisement

सलहले पु¥याएको क्षतिको  विवरण संकलन र अन्य काम भइरहेको छ। यसअघिको भन्दा ठूलो संख्यामा सलह देखिएको स्थानीय किसानहरुले बताएका छन्।’ किरा फैलिएर मकैबालीमा बसेको छन्। मन्त्रालयले सलह धपाउन भाँडा ठटाउने, धुवाँ लगाउने किसानलाई आग्रह गरेको छ। 

पश्चिमबाट पूर्वतर्फ हावा लागेकाले किरा पूर्वतर्फ गइरहेको छ। यसअघि आएको सलह किराले कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान र दाङमा कृषि बालीमा ठूलो क्षति पु¥याएको थियो। यतिबेला तराईमा धान लगाउने सिजन र पहाडतिर मकै हुकर्ने सिजन छ। अहिले तराईमाभन्दा पहाडमा मकैमा धेरै क्षति गर्न सक्ने अनुमान गरिएको छ। 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्