नक्कली भारतीय रुपैयाँको कारोवारी गिरोह पक्राउ

फाइल फोटो।

भारतीय पाँच सय रुपैयाँको कारोवारमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक गरेको छ। 

इलाका प्रहरी कार्यालय अनारमनीले एक लाख ४४ हजार  भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कनकाइ नगरपालिका–३ सुरुङ्गाका सुन व्यवसायी ४३ वर्षीय मौसम श्रेष्ठ, कनकाइ नगरपालिका–४ का २९ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका–५ निवासी  २४ वर्षीय  एराजुल हक रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। 


Advertisement

उनीहरुलाई प्रहरीले आइतबार अपराह्न पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ। उनीहरुलाई शनिबार राति कनकाइ नगरपालिका–३ बाट पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

प्रहरीले बरामद गरेका नोट पाँच सय रुपैयाँका छन्। शनिबार दिउँसो २ बजे खुर्सैद आलमले ५ सयका भारतीय नोटको कारोवार गरेपछि ती नोट कहाँबाट ल्याएको हो भनी खोजी गर्दा मौसम श्रेष्ठसँग लेनदेन गरेको र श्रेष्ठकै घरमा लुकाइराखेको गोप्य सूचनाका आधारमा प्रहरीले शनिबार नै छापा मारेको जनाएको थियो।


Advertisement

श्रेष्ठका घरबाट पाँच सय दरका २ सय ८८ थान नक्कली भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।  उनीहरुको साथबाट नेपाली नोट एक हजारका चार र पाँच सयका ३३ थान गरी २० हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको भारतीय रुपैयाँमा १५ देखि २० थान नोटमा एउटै नम्बर रहेको पाइएको छ। 

कमेन्ट गर्नुहोस्