काेराेना भ्याक्सिनको सफल परीक्षण भएकाे रुसकाे दाबी

रुसकाे सेकनोफ विश्वविद्यालयले स्वयंसेवकहरूमा काेराेना भाइरस (कोभिड-१९) काे खाेप (भ्याक्सिन) काे सफल परीक्षण भएकाे दाबी गरेकाे छ।

 रुसकाे समाचार एजेन्सी  ताससँग कुरा गर्बादै प्रमुख अनुसन्धानकर्ता इलीना स्मोलयारचुकले शोधकाे नतिजा सुखद आएकाे र खाेप प्रभावी रहेकाे बताएकी छन्।


Advertisement

'शोध पूरा भइसकेकाे छ। याे साबित भएकाे छ कि औषधि सुरक्षित छ।  स्वयंसेवकलाई जुलाई १५ र २० मा डिस्चार्ज गरिनेछ।' इलीना सेकनोफ विश्ववद्यालयमा क्लिनकल रिसर्च र मेडिकेसन्स प्रमुख हुन्।

विश्वविद्यालयबाट डिस्चार्ज भएपछि स्वयंसेवलाई निगरानीमा राखिनेछ।  याे विश्वविद्यालयले १८ स्वयंसेवकमा १८ जुनमा भ्याक्सिन दिएकाे थियाे। जबकि अर्काे समूहले याे भ्याक्सिन  २३ जुनमा दिइएकाे थियाे।


Advertisement

भारतमा रुसी दूतावासले यस सम्बन्धी  ट्वीट गरेर कोभिड-१९ विरुद्धको पहिलो भ्याक्सिन भनेको छ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्