माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
लगातारको झरीसँगै पहिरो खस्दा सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा नौ घर बगेका छन् । शनिबार राति करिब १ बजे भएको घटनामा ११ जना बेपत्ता भएका छन् भने ४ जनाको स्थानीयले जीवितै उद्धार गरेका छन् । भिरालो पाखामा रहेको बेसिन्दा गाउँमा ८६ परिवारको बसोबास थियो । मध्यरात ठूलो आवाजका साथ पहिरो खसेका बेला सबै निन्द्रामा रहेको ७९ वर्षीय गोवासिंह राईले बताए ।
पहिरोमा खसेर घरमै पुरिएको अवस्थामा उद्धार गरिएका राई गम्भीर घाइते छन् । स्थानीय हस्तमान राईका अनुसार पहिरोमा परेर घाइते गोवासिंहसँगै, भीमसरी राई, फूलमाया र भीमबहादुर राईलाई जीवितै उद्धार गरिएको हो । पहिरोमा परेकालाई गाउँलेले उद्धार थाल्दा सुरक्षाकर्मीको टोली पुगिसकेको थिएन । घटनापछि ३ सय ४९ जना गाउँलेलाई उद्धार गरेर डेढ घण्टा टाढाको चित्रेमा स्थानीय विद्यालय र स्थानीयका ४/५ वटा घरमा राखिएको छ ।
एक साताको झरीले भिरालो जमिनमा पहिरो खसेको हो । घर बगाएर घाइते अवस्थामा उद्धार गरिएका ७९ वर्षीय गोवासिंहले ठूलो आवाजमा पहिरो एकैपल्ट झरेको बताए । उनी हात र टाउकोमा डुंगाले लाग्दा गम्भीर घाइते भएका छन् । घटनास्थलमा उद्धारका लागि सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पुगेको छ । आइतबार दिनभर पानी परिरहेकाले घाइतेको उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।
७० वर्षीय जुद्धबहादुर राईकी श्रीमती ६५ वर्षीया गोरीमाया र २२ वर्षीया छोरी प्रकृति पहिरोमा बेपत्ता छन् । करिब सय मिटर माथिबाट घरमै खसेको पहिरोमा परि उनीहरू बेपत्ता भएका हुन् । घटनाका बेला जुद्धबहादुर घरमा थिएनन् । घरभन्दा २ दिन टाढा बेवानामा रहेको भेडीगोठमा गएकाले जुद्धबहादुर जोगिए पनि घटना थाहा पाएपछि गहिरो चिन्तामा छन् । पहिरोमा परेर श्रीमती र छोरी बेपत्ता भएको खबर उनले घटनाको झन्डै १२ घण्टापछि आइतबार दिउँसोमात्रै पाए ।
संखुवासभाका डीएसपी नवराज मल्लका अनुसार पहिरोमा परेर ६० वर्षीय राममान राई, उनकी ५५ वर्षीया पत्नी हस्तकुमारी, छोरीहरू २१ वर्षीया एन्जिला र ११ वर्षीया नम्रता राई हराइरहेका छन् । एन्जिला गर्भवती थिइन् । ५२ वर्षीय जुद्धबहादुर माने (राई) र श्रीमती ४५ वर्षीया उत्तरकुमारी, ७० वर्षीया नजमाया, ८४ वर्षीय हर्कराज र ८२ वर्षीया आइतमाया राई पनि बेपत्ता छन् । बस्तीमाथिबाट खसेको पहिरो सिसुवा खोलामा पुगेको छ ।
पहिरो गएको स्थानमा आइतबार पनि वर्षा थामिएको छैन । उद्धारका लागि गएका मदन राईको मृत्यु भएको छ । दमका बिरामी रहेका उनको हृदयाघातले मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले राममान राई, जुद्धबहादुर माने, जुद्धबहादुर गैरी, नजमाया, सन्दीप, भीमबहादुर, शिवधन, गोवासिंह र हर्कधन राईको घर बगाएको छ । घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी टोली पुगेको डीएसपी मल्लले बताए । उद्धारका लागि पुगेको सुरक्षाकर्मीको टोलीले विस्थापित परिवारलाई चित्रे डाँडामा सारेको हो । विस्थापितहरू त्रिपाल टाँगेर बसेका छन् ।
घटनास्थल विकट र सडक सञ्जालसमेत नभएको ठाउँमा भएकाले सदरमुकामबाट उद्धारको टोली पुग्न समय लाग्ने मल्लले बताए । सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपद् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलका लागि हिँडेको छ । खाँदबारीबाट १५/१५ जना सशस्त्र र नेपाल प्रहरीको डफ्फा र सेनाको ३० जनाको टोली घटनास्थलतर्फ गएको छ । तर धेरै ठाउँमा पहिरो गएकाले टोली साँझसम्म पनि घटनास्थलमा पुगिसकेको छैन ।
तयारी अवस्थामा राखिएको हेलिकप्टर दिनभरि झरी परेको र हुस्सु लागेका कारण उद्धारका लागि जान नसकेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । उनका अनुसार सेनाको हेलिकप्टर पूर्वी पृतना इटहरीमा छ । घाइते ३ जनाको स्थिति सामान्य छ । घटनास्थल पुग्न सदरमुकाम खाँदबारीबाट कम्तीमा १२ घण्टा पैदल हिँड्नु पर्छ । ताम्कुबाट पनि सेनाको टोली र स्वास्थ्यकर्मीको टोली औषधिसहित घटनास्थल पुगिसकेका छन् । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेरै घटनास्थल गइरहेका छन् ।
वर्षा नथामिएकाले खोजी, उद्धार र आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ ।
यता सदरमुकाम खाँदबारीमा देवकोटा चोक–सातकुवा सडकमा दुई सय मिटरभन्दा माथिबाट पहिरो झरेकाले आवागमन अवरुद्ध भएको छ । पहिरोले केही घर जोखिममा परेपछि स्थानीय सुरक्षित स्थानतर्फ सरेका छन् । खाँदबारी–१ ढोलबाजेको सडकमाथिबाट पहिरो झरेकाले आवतजावतमा समस्या भएको छ । कान्तिपुर दैनिकमा दीपेन्द्र शाक्यले खबर लेखेका छन् ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...