तनहुँको माझफाँटमा पहिरो, ४ जना बेपत्ता

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

प्रतिकात्मक तस्वीर

तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा पहिरोमा घर पुरिँदा ४ जना बेपत्ता भएका छन् ।

अविरल वर्षापछि आइतवार राति स्थानीय केशरबहादुर थापाको घर पहिरोमा परेको हो ।


Advertisement

पहिरोले उनकी ४० वर्षीया पत्नी कमला थापा, छोराहरू २४ वर्षीय मनोज र २० वर्षीय राजेश, २२ वर्षीया छोरी अञ्जना थापा बेपत्ता भएका प्रहरीले जनाएको छ । 

माझफाँटकै ७० वर्षीया मैतकुमारी घर्तीको पहिरोमा पुरिएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । आइतवार राति तनहुँकै म्याग्दे गाउँपालिकामा घर पहिरोमा पुरिँदा १७ वर्षीया किशोरी लक्ष्मी विकको मृत्यु भएको छ । राति पौने १ बजे गएको पहिरोबाट घाइते भएकी लक्ष्मीलाई उपचारका लागि रत्नहरि अस्पताल दमौली लगिएकोमा उपचारका क्रममा सोमवार बिहान मृत्यु भएको जनाइएको छ ।


Advertisement

रिसिङ गाउँपालिका–८ पल्टयाङ भैसिलिकीका अनबहादुर थापाका २ वटा घर पहिरोले पुरिँदा बेपत्ता ५ जनाको खोजी जारी छ । पहिरोले अनबहादुरकी पत्नी ६० वर्षीया ज्योतिमाया थापा घाइते छिन् । 

राति साढे १ बजे घरमाथि खसेको पहिरोले घर पुरिँदा उनका जेठा छोरा ३० वर्षीय भेषबहादुर, बुहारी २९ वर्षीया नानुमाया, नातिनी ५ वर्षीया अमिषा, अनबहादुरका कान्छा छोरा २२ वर्षीय महादेव र बुहारी १९ वर्षीया मनिसरा पनि बेपत्ता भएका छन् ।

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्