कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
भारतको राजस्थानमा कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा संकट आइलागेको छ ।
कांग्रेसका दिग्गज नेता तथा उपमुख्यमन्त्री सचिन पाइलटले कडा दृष्टिकोण राख्न थालेपछि अशोक गहलोत सरकार संकटमा परेको देखिएको छ ।
पाइलटले गहलोतको सरकार सञ्चालनप्रति असन्तुष्टि व्यक्त गर्दै विद्रोह गरेका छन् र आफूसँग ३० जना विधायकको समर्थन रहेको बताएका छन् । यसैबीच उनले भारतीय जनता पार्टीसँग पनि सम्पर्क गरेको बताइएको छ ।
त्यसो त पाइलटले नयाँ दल खोल्न सक्ने र त्यसको नाम प्रगतिशील कांग्रेस राख्न सक्ने समेत बताइएको छ ।
पाइलटले तेस्रो मोर्चा बनाउनुमा विभिन्न महत्त्वपूर्ण कारण रहेको बताइन्छ । अहिले उनीसँग गहलोत सरकार गिराउनका लागि पर्याप्त विधायक नरहेको बताइँदैछ ।
गहलोत पनि निरन्तर विधायक र पार्टी नेताहरूसँग सम्पर्क र बैठकमा छन् । उनले ह्विप जारी गरेर बैठकमा सहभागी नहुने मन्त्री र विधायकमाथि कारवाही गरिने बताएका छन् ।
यस्तो स्थिति रहेकाले समेत पाइलटले थर्ड फ्रन्टको विकल्पमा विचार गरिरहेका हुन् ।
राजनीतिक संघर्ष जारी रहँदा सोमवार बिहान पौने ३ बजे कांग्रेसले पत्रकार सम्मेलन आयोजना गरेको छ । त्यसमा पार्टीले ह्विप जारी गरेको र अवज्ञा गर्नेमाथि अनुशासनात्मक कारवाही गरिने बताएको छ ।
त्यसो त पाइलटले आफूसँग ३० विधायकको समर्थनको दाबी गरेका छन् । तर तेस्रो मोर्चा बनाउनका लागि उनले कांग्रेस पार्टीका एक तिहाइ विधायकलाई आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । बहालवाला विधायकको संख्याको आधारमा हेर्दा पाइलटले कम्तीमा ३५ विधायकको समर्थन लिनुपर्ने देखिन्छ ।
पाइलटको विद्रोही पारा देख्दा कतै उनी मध्य प्रदेशका ज्योतिरादित्य सिन्धियाको बाटोमा हिँड्दै त छैनन् भन्ने अनुमान गर्न थालिएको छ । सिन्धियाले कांग्रेस छोडेर भाजपामा प्रवेश गरी कमलनाथ सरकार गिराइदिएका थिए ।
विभिन्न सूत्रहरूले पाइलट भाजपाको सम्पर्कमा रहेको बताउँदै आएका छन् ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...