तनहुँमा बाढीपहिरोपीडितको उद्धारमा खटिन कार्यकर्तालाई रामचन्द्र पौडैलको अपिल

फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका विभिन्न ठाउँमा पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ति जारी गरी स्थानीय तहका जनप्रतिनिधि, नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई घटनास्थलमा पुगेर उद्धार एवम् राहतमा खट्न आग्रह गरेका हुन् ।


Advertisement

बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपमा आपतकालीन संयन्त्रको प्रयोग गरी तत्काल उचित उद्धार, राहत साथै विस्थापितलाई बासको व्यवस्था मिलाउन वरिष्ठ नेता पौडेलले सरकारसँग माग गरेका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्