कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
असार २९, २०७७
विक्रम सम्वत् २०६३ साल पुस २० गते बेलुका साढे ८ बजेतिर खाना खाएर बुवाआमा आफ्नो कोठामा गइसकेका थिए ।
विलभ सुवेदी काठमाडौंको सीतापाइलास्थित आफ्नो घरको कोठामा बसिरहेका थिए । विलभका भाइ पनि आफ्नो सुरमा अर्कै कोठामा खेल्दै थिए ।
ढोकाको घण्टी बज्यो । आमा सानु सुवेदीले ढोका खोलेर बाहिर हेरिन्, तर कोही पनि देखिएन ।
फेरि पनि उसैगरी घण्टी बज्यो । यो प्रक्रिया ३/४ पटक दोहोरियो त्यसपछि सानु ढोका खोलेर भित्र आफ्नो काममा लागिन् ।
उनी काम गर्दै थिइन्, त्यही समयमा उनको पछाडिबाट कोही आएर उनको मुख थुनी खुकुरी प्रहार गर्यो । त्यो दृश्य अर्को कोठामा रहेका विलभले देखिरहेका थिए ।
उनी चिच्चाए, त्यो बेलासम्म अर्को कोठामा रहेका उनका बुवा नातिकाजी सुवेदीमाथि पनि खुकुरी प्रहार गरी हत्या भइसकेको थियो ।
आक्रमणकारी उनी भएको कोठामा पनि आए, र खुकुरी प्रहार गरे । त्यो बेलामा उनी १५ वर्षका थिए ।
उनले चिच्याएर छिमेकीलाई बेलाए तर कसैले पनि सुनेनन् । उनले हत्यारा जयकिशोर शाहको खुट्टामा हानेर ढलाए, तर अलिक पर पुगेर बेहोश् भए ।
हत्यारा दुवै जना बुवाआमाको हत्या गरेर भाग्न सफल भए ।
अर्को कोठामा रहेका ३ वर्ष कान्छा भाइ भित्रबाट कोठाको चुकुल लगाएर बाँचे । तर विलभको शरीरमा खुकुरीको चोट पेटबाट छिरेको पछाडि निस्केको थियो ।
उनलाई वीर अस्पतालमा लगियो । १४ दिन उनी आईसीयूमै बसे । केही महिनाको उपचारपछि घर फर्किए, तर बुवाआमाको हत्या भएको घरमा बस्न सकेनन् ।
त्यो घर बेचेर अर्को घर किनी विराटनगरमा बस्दै आएका हजुरबुवा/हजुरआमालाई काठमाडौं ल्याई सँगै बस्न थाले ।
बुवाआमाको हत्यारा पत्ता लगाउने अठोट गरेर उनले स्वयम्भुको महानगरीय प्रहरी वृत्तमा किटानी जाहेरी दिएका थिए ।
उनले आफ्नो पढाइसँगै हत्याराको खोजीमा प्रहरीलाई सहयोग गर्दै पनि आएका थिए ।
हत्यारा खोज्न न उनीसँग फोटो थियो, न कहाँ पुगे भन्ने सूचना नै । थियो त केवल विलभको आँखामा झलझली त्यो भयानक रात र हत्याराको तस्वीर ।
नहोस् पनि किन ? उनीहरू थिए, आफ्नै काठमिलमा काम गर्ने २ जना कामदार जयकिशोर साह र प्रताप राना ।
त्यो समयमा उनीहरू नागरिकता र फोटोविना नै १ वर्षदेखि सुवेदी परिवारको काठ मिलमा काम गर्दै आएका थिए ।
काम बिगारेकाले उनीहरूलाई बुवाले समान्य गाली गरेको याद छ, विलभलाई ।
‘त्यो बेलामा म सानो भएकाले खासै याद त छैन तर काम बिगारेकाले बुवाले गाली गर्नुभएको भन्ने थाहा पाएको थिएँ,’ विलभले आज (सोमवार) केन्द्रीय अनसुन्धान ब्यूरो (सीआईबी) मा सुनाए ।
सीआईबीले विगत १४ वर्षदेखि अभियुक्त प्रताप राना र विजय किशोर शाहलाई खोजिराखेको थियो ।
भारतमा बस्दै आएको भन्ने सूचना प्रहरीलाई थियो तर कहाँ बस्छन्, के गर्छन्, भन्ने कुरा थाहा थिएन ।
यस बीचमा विलभले प्रहरीलाई लिएर जयकिशोर साहको घर सर्लाहीको तत्कालीन पिपरिया गाविस– १ गयरटोलमा गएर खोजी गरेका थिए तर बुवाआमाको सम्पर्क समेत नरहेकाले उनीहरू कहाँ छन् भन्ने कुराको पत्तो समेत थिएन ।
विलभ र प्रहरीले आश भने मारेका थिएनन् । भारतीय प्रहरीको सहयोग लिइरहेका थिए ।
यही २५ गते भारतीय प्रहरीले ३/४ जनाको सम्भावित फोटाहरू पठायो । सीआईबीले ती फोटो विलभलाई पहिचानका लागि पठायो ।
विलभले फोटो चिनिहाले । नचिनुन् पनि कसरी, बुवाआमासहित आफूलाई पनि खुकुरी प्रहरी गरेका किशोरको पहिचान भयो ।
प्रहरीले त्यति मात्रलाई आधार मानेन्, त्यो बेलामा ती हत्यारासँगै बस्ने अन्यलाई पनि पहिचान भेरिफाई गरायो अनि तत्काल भारतीय प्रहरीलाई सूचना दियो ।
हिजो (२०७७ असार २८) गते नेपालगञ्जको सीमा नाकाबाट जयकिशोर साहलाई पक्राउ गर्यो ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट अभियुक्त साहलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गराएर अनुसन्धान थाल्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकूल थापाले बताए ।
प्रहरीले हत्यारालाई विलभ सुवेदीको निरन्तर सहयोग, सुराकी परिचालन, टेक्निकल एनालाइसिस् र हत्याराको हुलियाको आधारमा सनाखत गरेको बताएको छ, भने अझै फरार प्रताप रानालाई जयकिशोर साहको सहयोगमा पक्राउ गर्ने सीआईबीले जनाएको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...