सावधान ! जुनसुकै समयमा हुन सक्छ हृदयघात, बच्न यसो गर्नुस्

प्रतिकार्यात्मक तस्वीर।

 मानिसलाई जुनसुकै समयमा पनि हृदयघात हुनसक्ने जाेखिम हुन्छ। त्यसबाट बच्न नियमित व्यायाम र स्वस्थ आहारा हुन जरुरी छ।  

हृदयघातका लक्षण यस्ता छन्


Advertisement

​-छातिको बीचभागमा दुख्नु, गह्रौ चिजले थिचेजस्तो छाति कसिएजस्तो महसुस हुनु

-छातिको दुखाइ बायाँ हाततिर सर्नु


Advertisement

-पेटको बीचमा अत्याधिक दुखाई हुनु

-चिटचिट पसिना आउनु

-वाकवाकी लाग्नु तथा बान्ता हुनु

-डर लाग्नु तथा मुटुको धड्कन बढेको महसुस हुनु

-विशेष गरी मधुमेहका रोगी तथा बृद्धाहरुलाई अचानक असहज तथा स्वाँस्वाँ हुनु

-बृद्धाहरुले अचानक बेसुरको कुरा गर्न थाल्नु र रिंगटा लाग्नु

-थोरै गतिबिधि गर्दा पनि असहज र थकाइ लाग्नु

-महिला बृद्ध र मधुमेहका रोगीमा हृदयघातको लक्षण अलि फरक हुने भएकोले विशेष सावधानी अपनाउनु पर्छ


बच्ने प्रमुख १० तरिकाहरू

-चुरोट र मदिराको सेवन पूर्णरुपमा बन्द गर्नु

-कोलेस्टेरोललाई नियन्त्रण गर्नु

-रक्तचापलाई नियन्त्रणमा राख्नु

-मधुमेहको उचित उपचार गर्नु

-तौललाई नियन्त्रणमा राख्नु

-स्वस्थ आहारको सेवन गर्नु(फलफुल, सागसब्जी बढी मात्रामा सेवन गर्नु

-मानसिक तनाव र रिस कम गर्नु

-प्रदुषणबाट बच्नु

-दैनिक आधाभन्टा हिँडडुल गर्ने

-चिकित्सकको सल्लाह अनुसार एस्प्रीन र कोलेस्टेरोलको औषधिको प्रयोग गर्ने

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्