×

NMB BANK
NIC ASIA

राजा दशरथले पुत्रेष्टि यज्ञ नेपालकै रिडीमा गरेकाले राम पनि नेपाली जस्तै लाग्छन्- प्रधानमन्त्री ओली

असार २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको भूगोल र संस्कृति व्यापक भएको बताएका छन्।

Muktinath Bank

मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीका अवसरमा सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा उनले हिमवत्खण्ड नै ज्ञानको स्रोत रहेको पनि बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले नेपालीका आदिकवि भानुभक्त आचार्यले रामायणमा नेपाली लोकभाषाको प्रयोग गरी त्यसका माध्यमबाट मानिसलाई जोड्दै राष्ट्रियतालाई बलियो बनाएको बताए।


Advertisment
Nabil box
Kumari

 प्रधानमन्त्रीले अर्को प्रसङ्गमा अनुकूल प्राकृतिक वातावरणका कारण दोहोरी नेपालमा मात्र सम्भव भएको बताए। ‘अयोध्या हाम्रो वीरगञ्ज शहरदेखि नजीकै छ, त्यतिबेला जनकपुरबाट नेपाली छोरी सीताको विवाह अयोध्याका राजकुमार रामसँंग हुनु अनौठो होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘निःसन्तान राजा दशरथले पुत्रेष्टि यज्ञ नेपालकै रिडीमा गरेकाले राम पनि नेपाली जस्ता लाग्छन्।’

Vianet communication
Laxmi Bank

उनले मिथिलाको जनकपुर ज्ञान केन्द्र रहेको र त्यतिबेला विद्वान्विदुषीबीच विमर्श गर्ने परम्परा रहेको उल्लेख गर्दै नारायणीको सुरम्य किनारमा बाल्मीकिको आश्रम हुनु, कोशी तटमा कौशिकी रहनु, आयुर्वेदका प्रणेता धन्वन्तरि र चरक यतैका हुनाले हिमवत्खण्ड नै ज्ञानभूमि तपोभूमि हो भन्ने बुझिन्छ भने।

‘हिमवत्खण्डमा सूक्ष्म जीव र गँड्यौलादेखि हात्ती र एकसिंगे गैंडाजस्ता भीमकाय जीव पनि छन्, जमीनमा खोस्रेर निकाल्नुपर्ने यार्सागुम्बादेखि अग्लाअग्ला देवदारु वृक्षसम्म छन्, चट्टानैचट्टानबाट झर्नाहरू निस्केका छन् र तिनमा छन्द छ, लय छ । यहाँ रोदी हुन्छ, र दोहोरी नेपालजस्तो प्राकृतिक सौन्दर्यले घनीभूत भूमिमा मात्र सम्भव हुन्छ । हाम्रा पाखोमा घाँस काट्ता लय गुन्जन्छ र त्यो लय नै हाम्रो काव्यलाई जीवित गराउने महत्वपूर्ण तत्व बनेको छ । त्यो गद्यजस्तो बिर्सिइँदैन, युगौंँयुगसंँग कण्ठमा रहन्छ,’  प्रधानमन्त्रीले आफूले बाल्यकालमा पढेका एक दुई कविता कण्ठाग्र सुनाउँदै छन्द र लयको महत्वमाथि जोड दिँदै भने, ‘त्यसैले भानुभक्तीय रामायण सम्भवतः सबैभन्दा बढी पढिएको काव्य हुनुपर्छ।’     

संस्थाहरू अनन्त ज्वाला जस्तो ननिभ्ने वा स्वचालित घडी झैंँ चलायमान भइरहनुपर्नेमा दाउरा ठोसे मात्र हुरुक्क बल्ने नत्र धिपधिप गर्ने आगोझैंँ भएको अनुभव सुनाउँदै ओलीले भने, ‘कुनै कुनै घडी चलाउन शरीर हल्लाउनुपर्ने हुन्छ ।’

अर्को प्रसङ्गमा उनले सत्य ब्रह्मझैं बलवान् हुनेबताए। संसद्मा आफूले केहीअघि मात्र बोलेको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री ओलीले भने, सत्यमेव जयते हाम्रै पुर्खाको ध्वनि हो । यो हाम्रै हो । सत्यका पछाडि लाग्न छाड्न मिल्दैन।’  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x