माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपियाँमा खुद्रा किनबेच भइरहेको छ । गोलभेँडा मात्रै होइन हरेक तरकारीको भाउ यसैगरी महँगो भएको छ । यसको प्रत्यक्ष मारमा आमसर्वसाधारण उपभोक्ता परेका छन् ।
तरकारीका खुद्रा व्यापारीले सार्वजानिक सवारीसाधन नचलेको बहाना बनाउँदै मनलाग्दी भाउमा तरकारी बिक्री गर्न थालेपछि यसको मारमा उपभोक्ता परेका हुन् । त्यसो त कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको यस अवधिको तुलनामा अहिले हरेक तरकारीको भाउ सस्तो भएको छ तर खुद्रा बजारमा तरकारी छोइनसक्नु छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठले थोक बजारमा अघिल्ला वर्षहरूको तुलनामा अधिकांश तरकारीको भाउ सस्तो भएको दाबी गर्नुभयो । उहाँका अनुसार बजारमा दैनिक साढे पाँच सय टन मात्रै तरकारी आउँदा पनि माग कम भएर होला थोक बजारमा भाउ सस्तो छ ।
कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले थोक बजारमा तीन÷चार वर्षयताकै तुलनामा अहिले तरकारी भाउ सस्तो भएको दाबी गरे। उनले बन्दाबन्दीका कारण बजारमा तरकारी कम आपूर्ति हुँदासमेत खरिद मूल्य पाउन गाह्रो भएको बताए। अघिल्लो वर्ष असार २९ गते गोलभेँडा प्रतिकेजी भाउ ६४ रुपियाँ थोकमा किनबेच भएकामा अहिले १२ रुपियाँमा कारोबार भइरहेको छ । यस्तै बन्दा प्रतिकेजी ४० रुपियाँ भएकामा अहिले १८ रुपियाँ मात्रै छ । घिउसिमी १३५ रुपियाँ भएकामा अहिले ४० रुपियाँ छ भने बोडी ९८ रुपियाँ थोक मूल्य भएकामा अहिले ३३ रुपियाँ छ ।
यो वर्ष थोक बजारमा तरकारीको भाउ सस्तो भए पनि खुद्रा बजारमा भने छोइनसक्नु छ । थोकमा १८ रुपियाँ प्रतिकेजीको बन्दा ७० रुपियाँ, ३८ रुपियाँको मूला ८० रुपियाँ, ३० रुपियाँको स्थानीय काँक्रो ८० रुपियाँ, ३३ रुपियाँको तने बोडी ८० रुपियाँ, २५ रुपियाँको तीतेकरेला ८० रुपियाँ खुद्रामा किनबेच भइरहेको छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले बजारमा सरकारीका अनुगमन तथा नियमनकारी निकायको उपस्थिति नहुँदा तरकारी मात्रै होइन अतिआवश्यकीय खाद्यवस्तुको भाउमा पनि कालोबजारी भएको बताउनुभयो । व्यापारीले हरेक सामानको भाउ मनोमानी तरिकाले वृद्धि गरिरहँदासमेत सरकार रमिते बस्दा आमउपभोक्ताले सरकार भएको महसुस गर्न नपाएको उनको भनाइ छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक सागर मिश्रले तरकारी मात्रै होइन अहिले बजारमा महँगी भएको भनेर कुनै पनि गुनासो नआएको बताए। गोरखापत्र दैनिकमा सीता शर्माले खबर लेखेकी छिन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...