इरानले भारतलाई छोडेर चीनसँग मिलायो हात

इरानले चाबहार रेल परियोजनाबाट भारतलाई निकालिदिएको भारतीय पत्रिका द हिन्दुले खबर दिएको छ । भारतले फन्ड दिन ढिलो गरेकाले यसो गर्नुपरेको इरानको भनाइ छ । 

अनि भारत र चीनबीच तनावको स्थिति रहेको बेलामा इरानले चीनसँग ४०० अर्ब डलरको रणनीतिक लगानीमा सम्झौता गरेको छ । 


Advertisement

इरान र भारतले चार वर्षअघि चाबहारदेखि अफगानिस्तान सीमाको जाहेदानसम्म रेलमार्ग बिछ्याउने विषयमा सम्झौता गरेका थिए । अब इरानले आफैं यो परियोजना पूरा गर्ने निर्णय लिएर काम शुरू गरेको छ ।

६२८ किलोमिटर लामो यस रेलमार्ग निर्माण कार्य अघिल्लो साताबाट शुरू भएको छ । इरानका यातायात तथा शहरी विकास मन्त्री मोहम्मद इस्लामीले यसको उद्घाटन गरिसकेका छन् । यो रेलमार्ग सीमा पार गरेर अफगानिस्तानको जारांजसम्म पुग्नेछ । 


Advertisement

इरानी अधिकारीहरूले यो परियोजना मार्च २०२२ सम्ममा पूरा हुने बताएका छन् । यसका लागि इरानको नेसनल डेभलोपमेन्ट फन्ड उपयोग गरिनेछ । 

चार वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इरान भ्रमण गर्दा यस रेल परियोजनाका विषयमा सम्झौता गरेका थिए । तर सुस्तताका कारण अहिले यो सम्झौता हातबाट फुत्केको छ ।


 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्