×

NMB BANK
NIC ASIA

आफ्नै रगत झिकेर बिरामीको अप्रेसन गर्ने महादानी डाक्टर सन्देश, १०० पटक गरे रक्तदान

असार ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी अस्पतालमा ड्युटीमा रहेको समयमा एकजना गर्भवती महिलाको इमर्जेन्सी अप्रेसन गर्नुपर्ने भयो । ती गर्भवती महिलाको अप्रेसन गर्नका लागि रगत र रक्तदान गर्ने व्यक्ति खोज्न समय लाग्ने भयो ।

Muktinath Bank

गर्भवती महिलाको रगतको ग्रुप आफ्नै रगतको ग्रुपसँग मेल खाएपछि एक पाउण्ड रगत दिए । १० मिनेट आराम गरेर आफैंले ती गर्भवतीको अप्रेसन गरे । यो वि.सं २०७१ भदौ/असोजतिरको घटना हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७१ साउन २८ गते एक महिला अत्यधिक रक्तश्रावपछि म्याग्दी अस्पतालको वार्डमा ल्याइन्छिन् । पाठेघरमा साल बस्नुपर्ने स्थानमा सालको ट्युमर पलाएपछि उनको रक्तश्राव भएको थियो । 


Advertisment
Nabil box
Kumari

अस्पतालमा आउँदा उनको हेमोग्लोबिन ३ जी/डीएलमा झरेको थियो । तत्कालै तीन/चार पोका रगत आवश्यक पर्ने भयो । यसमा पनि रगत दिन उनी आफैँ अगाडि सरे ।

Vianet communication
Laxmi Bank

३ पाउण्ड रगत चढाएर ती महिलाको पाठेघर सफा गरेको स्मरण अझै ताजा रहेको उनी बताउँछन् । 

सन् २००८ तिर जुम्ला अस्पतालमा काम गरिरहेको समयमा एकजना बिरामी आए । रक्त अल्पताका कारण उनको पनि हेमोग्लोबिन ४/५ मा झरिसकेको थियो । तत्काल रगत खोज्दा रगत दिने व्यक्ति पाइएन, त्यसपछि डा. आफैँ अघि सरेर आफ्नै रगत निकाले । 

ललितपुरको पाटन अस्पतालमा काम गर्दा रातिको समयमा एकजना गर्भवती महिलाको इमरजेन्सी अप्रेसन गर्नुपर्ने भयो । बिरामीका आफन्तले रगत खोज्न कोशिश गरे, चाहेको ग्रुपको रगत पाउन सकेनन् । त्यसपछि डाक्टर आफैंले रगत दिए, अनि अप्रेसन भयो । 

****

यी उदाहरण मात्र हुन् । आफैँ उपचारमा खटिने डाक्टर सन्देश पन्थले २० वर्षको दौरान १०० पटक रक्तदान गरे ।

सन् २००० मा एमबीबीएस अध्ययनका लागि बंगलादेशमा पहिलोपटक रक्तदान गरेका डा. सन्देशले पछिल्लोपटक सन् २०२० को जुलाइमा अष्ट्रेलियामा रक्तदान गरे । दोस्रोपटक एमपीएच गर्नका लागि सन् २०१७ मा बंगलादेश गएको समयमा पनि उनले रक्तदान गर्न छुटाएनन् । बंगलादेशमा २० पटक अनि अष्ट्रेलियामा ३० पटक रक्तदान गरेका उनले बाँकी चाहिँ नेपालमै दान गरेका हुन् ।

बंगलादेशका मेडिकल कलेजमा रक्त संकलनका लागि सन्धानी नामको छुट्टै संस्था हुन्छ । मेडिकल साइन्सका विद्यार्थीहरूले नै सञ्चालन गर्ने सन्धानीमा उनले पहिलोपटक रक्तदान गरेका थिए ।

‘त्यसभन्दा पहिला पनि रक्तदान गर्ने मन थियो, तर कहिले के कहिले के कारणले मिलेको थिएन,’ डा. पन्थले लोकान्तरसँग भने । गुल्मीको बलेटक्सारमा जन्मिएका डा. सन्देश काठमाडौंमा हुर्के । पछि गुल्मी सदरमुकाम तम्घासको अस्पतालमा काम गरे ।

जुम्ला, गुल्मी, बुटवल, म्याग्दी, लमजुङ लगायतका जिल्लामा काम गर्दा उनले पटक–पटक रक्तदान गरे । आकस्मिक अप्रेसनको समयमा उनले रक्तदान गर्न कुनै कन्जुस्याइँ गरेनन् । पाटन अस्पतालमा आफ्नै श्रीमतीका लागि पनि दुईपटक रक्तदान गरे, तर त्यो रगत श्रीमतीका लागि प्रयोग गर्नु परेन । ब्लड बैंकमा लगेर बुझाए ।

रक्तदान गरेको १० मिनेटमै बिरामीको अप्रेसन 

एक स्वस्थ्य व्यक्तिले प्रत्येक ३ महिनामा रक्तदान गर्न सक्छ । डा. सन्देशले २० वर्षदेखि लगातार रक्तदान गर्दै आइरहेका छन् । 

‘सामान्यतया रक्तदान गरेपछि ३० मिनेट रेस्ट गर्न भनेर हामीले सुझाव दिएका हुन्छौं, आफैंले इमरजेन्सी अप्रेसन गर्नुपर्दा त्यो समय कहाँ पाउनु, १० मिनेट बसेर काम शुरू गरिहाल्नुपर्छ,’ डा. सन्देशले स्मरण गरे । पहाडी जिल्लामा काम गर्ने समयमा उनले कयौंपटक अप्रेसनको समयमा आफैंले रगतको जोहो गरे । 

पछिल्लो समय अष्ट्रेलियामा रहेका डा. सन्देशले रगतका अतिरिक्त प्जाज्मा (रगतमा भएको प्रोटिन) दिइरहेका छन् । प्लाज्मा हरेक १४ दिनमा दिन मिल्छ । ‘नेपालमा रगतबाट प्लाज्मा छुट्टाएर लिने प्रविधि छैन, त्यहाँ त्यो सुविधा भएकाले प्रत्येक १४ दिनमा प्लाज्मा दिइरहेको छु,’ डा. पन्थले भने ।

‘अहिले नेपालमा कसैलाई प्लाज्मा र सेतो रगत (प्लेटलेट) दिनु पर्‍यो भने पहिला पूरै रगत निकालेर प्लाज्मा र प्लेटलेट छुट्ट्याएर दिने गरिन्छ, रगतको तत्व छुट्ट्याएर लिन मिल्ने मेशिन नेपालमा ल्याउन सके प्लाज्मा र सेतो रगत चाहिने बिरामीहरूका लागि धेरै फाइदा हुन्थ्यो,’ डा पन्थको भनाइ छ ।

बिरामीको त्यो खुशी

आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीलाई डाक्टर आफैंले रगत दिएर ज्यान बचाउँदा उनीहरू कति खुशी होलान्, त्यो खुशी कसरी मापन गर्न सकिएला र ?’ डा सन्देश स्मरण गर्छन् । 
रगतमा हामी कति निर्भर छौं ?

कुनैपनि ठाउँमा कुल जनसंख्याको कम्तिमा १ प्रतिशत व्यक्तिले नियमित रक्तदान गरेमा मात्र रगतको कमी नहुने विभिन्न अध्ययनले देखाएको छ ।

नेपालमा अझैपनि धेरैजसो रगतको अभाव हुने गर्छ । कमै मानिसहरू रक्तदानका लागि अगाडि सर्ने गर्छन् । ‘आममानिसमा रक्तदान गर्दा शरीरलाई कुनै कमजोरी हुँदैन, रक्तदान नगरेपनि रगतको विभिन्न तत्व र सेल त्यसैपनि खेर जान्छ, त्यसैले रक्तदान गर्नुपर्छ भन्ने चेतनाको अझै विकास भइसकेको छैन,’ डा सन्देश भन्छन् ।

काठमाडौं लगायतका केही ठूला सहरमा ब्लड बैंक भएपनि धेरै ठाउमा ब्लड बैंक छैन । जिल्लामा कुनै अप्रेसन गर्नुपर्‍यो अथवा कसैलाई रगत चढाउनुपर्‍यो भने सेना तथा प्रहरीको ब्यारेकमा गएर रक्तदाता ल्याउनु पर्ने अवस्था अझै पनि रहेको उनको अनुभव छ । ‘अहिले रक्तदान गर्ने संस्कारको विकास भएको छ, तर पर्याप्त छैन,’ उनले भने । 

समुदायको सहयोगविना रगतको व्यवस्थापन निकै गाह्रो हुने उनी बताउँछन् । म्याग्दी अस्पतालमा काम गर्दा अस्पतालमा अप्रेसन सेवा शुरू गरेका उनले म्याग्दीमा हुँदा त्यहाँका सामाजिक अभियान्ता सुरज केसी लगायतले रक्तदाता समूह नै बनाएर आवश्यक पर्नासाथ रगत जम्मा गर्न सकिने जनशक्ति तयार बनाएको उनले स्मरण गरे । 

डा. सन्देशले लोकान्तरसँग भने, ‘अहिले क्रमशः विभिन्न जिल्लामा रक्तदान गर्ने समूह तयार भएका छन्, तर पर्याप्त छैन ।’

सक्रिय जीवन जिउने समयसम्म र दिन मिलेसम्म रक्तदान गरिरहने उनको सोचाइ छ । ‘रक्तदान गर्ने कुरा अब त बानी नै भइसक्यो,’ डा. सन्देशले लोकान्तरसँग भने ।

रगत दिने समय पुग्नासाथ रक्तदान गर्न दौडिहाल्ने उनी बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x