शेखरको चिन्ता– 'प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले धार्मिक तथा सांस्कृतिक सम्बन्ध पनि बिग्रिन्छ'

भगवान् श्रीरामको जन्मभूमि अयोध्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्ध बिग्रिने भन्दै कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले चिन्ता व्यक्त गरेका छन् ।

मंगलवार सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै कोइरालाले प्रधानमन्त्रीको अप्रमाणित, विवादास्पद र गैरजिम्मेवार अभिव्यक्तिले दुई देशबीचको कूटनीतिक सम्बन्ध समेत खल्बलिने उल्लेख गरेका छन् ।


Advertisement

'प्रधानमन्त्रीले अयोध्याका बारेमा अप्रमाणित, विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कूटनीति खल्बल्याउने मात्रै नभई नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेका छन् । जसरी गौतम बुद्ध र लुम्बिनीका बारेमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं त्यसैगरी भारतीयहरू मर्यादा पुरुष भगवान श्रीराम र अयोध्याका विषयमा केही कुरा सुन्न चाहँदैनन् । अयोध्या भारत लगायत सम्पूर्ण हिन्दूहरूको आस्थाको केन्द्र हो। धर्म र आस्थालाई राजनीति तथा कूटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु कदापि सह्य हुँदैन,' कोइरालाले फेसबूकमा लेखेका छन् ।

प्रधानमन्त्री अधिकारीले सोमवार बालुवाटारमा भानुजयन्तिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राम जन्मभूमि अयोध्या नेपालमै रहेको जनाएका थिए ।


Advertisement

हेर्नुहोस्, स्टाटस :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्