मेलम्ची आयोजनाको १७ नम्बर गेट फुट्दा २ जना बेपत्ता, गाडीसमेत बगायो

मेलम्ची खानेपानी आयोजनाको १७ नम्बर गेट फुटेर निस्किएको पानीले बगाएर २ जना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर– १ अम्बाथानमा रहेको १७ नम्बर गेट फुट्दा त्यहाँबाट निस्किएको पानीले आयोजनामा कार्यरत इञ्जिनीयर सतिश गोहित र चालक राधाकृष्ण थापा मगरलाई बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले लोकान्तरलाई जानकारी दिए । 


Advertisement

त्यसक्रममा बा१झ ६७६४ नम्बरको गाडी समेत बगाएको छ । गाडी केही तल खोलामा भेटिएको एसपी महर्जनले बताए ।

गोहित र थापासँगै पानीले बगाएका शेखर खनाल र पेम्बा दोर्जेलाई उद्धार गरिएको छ । उनीहरूलाई मेलम्ची क्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपश्चात हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ ।


Advertisement

१७ नम्बर गेटमा केही फल्ट देखिएपछि मर्मतका लागि गएकाहरूलाई बगाएको एसपी महर्जनले जानकारी दिए ।

आयोजनाको सुरुङ परीक्षणका लागि केही दिनयता पानी हालिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्